
गलकोट क्षेत्रमा भएका केही प्रतिनिधी मुलक घटनाहरु रहस्यमै सिमित बन्दा जनताले सुरक्षाको प्रत्याभुत गर्न पाईरहेका छैनन् । गलकोटमा भएका केही प्रतिनिधी मुलक र साधारण घटनामा अनुसन्धान सफल रहेको भएपनि पछिल्लो ९ महिनामा भएका घटनामा अनुसन्धान नाममै सिमित बनेको आलोचना हुन थालेको छ ।
केही घटनाको अभियुक्त तथा आरोपित पक्राउ परेपनि घटनाको निरुपण र कारबाही नभएकोले श्रृखलाबद्ध घटनाहरु बढेको स्थानीयको भनाई छ । गलकोटमा भएका केही घटनाहरु गाँई गोरु काटेको, अबैध हतियार पत्ता लगाउन प्रहरी सफल भएको छ तर जघन्य अपराध तथा चोरीको घटनामा अनुसन्धान दुई दिनको घाम जस्तै बनेको छ । असोज १५ गते पछिको ३ घटना जसले गलकोटबासीलाई असुरक्षित त बनाएको छ नैं, अनुसन्धान नाममै भएको पुष्टि समेत गरेको छ ।
घटना नं १ : छापा घटना ‘वृद्ध दम्पत्तिको सम्पत्ति लुटियो’
गत असोजमा हतियारको डरधम्की देखाएर केही युवाले गलकोट नगरपालिका वडा नम्वर २ का वृद्ध दम्पत्तीलाई बन्धक बनाएर सम्पत्ति लुटे । गलकोट नगरपालिका वडा नं २ का ६५ वर्षका गोरबहादुर भण्डारीको ९ तोला सुन र गहना र नगद ६५ हजार लुटेका थिए ।
रातको समयमा आएका युवाले प्रहरी हौं, तपाइको घरमा के लुकाएको छ भन्दै छापा मार्ने शैलीमा चोरी गरेका थिए, पहिला प्रहरी हौं घरमा पसेका युवाहरुले खानतलासीको शैलीमा ६ जना युवाले भण्डारीको घरमा लुटपाट मच्चाए ।

पहिला घरमा रहेका बुढाबुढीको हातखुट्टा बाँधे, त्यसपछि आनन्दले चोरी गरे, हारगुहार केही नभएपछि छिमेकीले भोलीपल्ट मात्रै थाहा पाए, लुटेराहरुले मस्तीसंग रातभर लुटपाट गरेको स्थानीय बताउछन् ।
भोलिपल्ट थाहा पाएपछि प्रहरीमा उजुरी प¥यो तर आशंकामा रहेका केही ब्यक्ती पक्राउनै नपरेको भण्डारीले बताउदैं आउनुभएको छ । प्रहरीले उत्त घटनामा सलग्न १ ब्यक्तीलाई पक्राउ गरेको भएपनि अनुसन्धानबाट केही नखुल्दा अझै सम्म उत्त घटना रहस्यमय बनेको छ । प्रहरीले पक्राउ गरेको ब्यक्ती बाहेक अन्य ५ जना लुटेरा पक्राउ गर्न नसक्नु असुरक्षाको दरिलो कारण हो ।
घटना नम्वर २ : १८ घर तोडफोड पछि चोरी, ‘क्यामेरामा चोर देखियो तर पक्राउ परेनन्’
गलकोट नगरपालिकाको बिभिन्न वडा तथा बस्तीमा गरि अठार घरमा तोडफोड र चोरी भयो । गत माघ महिनाको पहिलो हप्तामा भएका ति घटनाहरुले पनि श्रृखला बद्ध रुप लियो तर अनुसन्धान गम्भीर हुन नसक्दा चोरहरु कानुनको दायरामा ल्याउन प्रशासन अझै असफल भएको छ ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित गलकोट नगरपालिका २ मा रहेका आधादर्जन घर एकैरातमा तोडफोड भएको थियो भने त्यसको माघको ३ गते थान तथा भुङ्गानीमा चोरी भएको थियो । नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको प्रहरीले बताउछ ।
त्यसको भोलिपल्टै गलकोट नगरपालिका वडा नं ५ का रेशम थापाको घरबाट ४० हजार चोरी भएको छ । सोही दिननै प्रहरी कार्यालय देखी ३ सय मिटर तल थापाको घर र ३० मिटर माथि रहेको गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भयो ।
सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेराको फुटेजमा देखिएको थियो । मध्य रातमा निरन्तर तोडफोडको प्रयास भएको क्यामेरामा कैद भएपनि चोरी गर्ने ब्यक्ती अझै पक्राउ पर्न सकेको छैन् ।
घटना नं ३ : चरौदीमा चोरी, ‘दुईदिन तात्यो, अहिले बरफ बन्यो’
गलकोट नगरपालिका वडा नम्वर ६ चरौंदी चुत्रेनीका स्थानीय लाल बहादुर खत्रीको घर तोडफोड गरि गत जेठ २९ गते चोरी भयो । घरमा कोही नभएको समय मिलाएर घरतोडफोड गरि १ तोला सुनको मगंल सुत्र, १ जोडि सुनको झुम्का, आईफोन १२ प्रो म्याक्स १ ओटा र नगद जापानीज ऐन २४ हजार, नेपाली १० हजार, लगाएतका सामान तथा नगद गरि करिब ४ लाख बराबरको चोरी भयो ।
केही स्थानीय पक्राउ परे तर दुई दिनमै छुटे । चोरीको आशंकामा रहेका ब्यक्तीबाट घटना नभएको प्रहरीको अनुसन्धान छ । तर चोरहरु भाग्न सफल भएपछि असुरक्षा बढ्दै गएको स्थानीय बनाउछन् । उत्त घटनाको पनि अनुसन्धान दुई दिन निकै चर्चामा रहेको भएपनि बिस्तारै अनुसन्धान चिसो बन्दै आएको छ । सोध्यो प्रहरीको एउटै जवाफ छ, अनुसन्धान भैरहेको छ, छिट्टै सत्य तथ्य पत्ता लाग्छ ।
घटना नम्वर ४ बुढाथोकी बेपत्ता : ‘अनुसन्धान र खोजी गर्न कुुकुर परिचालन’

गलकोट नगरपालिका वडा नम्वर ६ कायसका स्थानीय क्षेत्र बहादुर बुढाथोकी घर देखी केही माथी रहेको खरबारीमा जादा उहाँले घासँ काट्ने हसिँया खुर्पेटो, पानी कागज साथमा घासँ बाध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट निस्कनुभयो ।
असार १० गते बिहान ८ बजेको समयमा उहाँ घाँस काट्न बिहिबार विहान घरबाट निस्केपछि सम्पर्क बिहिन बन्नुभएको छ । करिब ८ बजेको समयमा घरबाट निस्कनुभएका बुढाथोकी दिउसो १२ बजे सम्म नआएपछि परिबारले खोजी गर्न आग्रह गरेको छ ।
खोज्दै जादाँ खरबारी चुचुल्केमा पुगेर बुढाथोकीले ४ मुठि घासँ काट्नुभएको, साथमा उहाँले लगेको नाम्लो र घासँ बाध्ने डोरी, प्लाष्टीक भटियो । तर उहाँ भेटिनुभएन ।उहाँले लगेको हसियाँ र खुर्पेटो पनि भेटिएन । बुढाथोकीलाई अपहरण गरेको हुन सक्ने स्थानीयको आशंकाले बिभिन्न माध्यमबाट खोजी गर्न आग्रह गरेका छन् ।
बिगत ५ दिन देखी कायस देखी माथिको क्षेत्र, सामुदायिक बनमा खोजि गरिरहेको स्थानीय र प्रहरीहरु सक्रिय रहेपनि अझै परिणाम आउन सकेको छैन । श्रृखलाबद्ध रुपमा भैरहेका यस्ता घटनामा असफल बनेको प्रशासनले गम्भीर रुपमा अनुसन्धान गरेको छ ।

बुढाथोकीको खोजिको लागी गलकोटमै पहिलो पटक तालिम प्राप्त कुुकुर परिचालन गरि खोजि भैरहेको छ । प्रहरी र जनप्रतिनिधी सहित खोजिमा दिनहुँ २ सय बढि स्थानीय परिचालीत भएका छन् । तर बुढाथोकी भेटीनुभएको छैन् ।
घटना भएको चौथो दिनमा गलकोट नगरपालिका नगर प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धानका आयोग बागलुङका प्रमुख सहितको टोली घटना स्थालमा पुगेर अनुसन्धान प्रभावकारी बनाउन आग्रह गरेपनि अझै केही नतिजा निस्कन सकेको छैन् । परिबार खोजिको लागी निरन्तर आग्रह गरिरहेको छ । खोजिमा संक्रिय प्रहरी अनुसन्धानमै छ ।
सरकारको संयन्त्रले अनुसन्धान मात्रै गर्ने हो की परिणाम दिने, घटनाका अभियुक्त पक्राउ र कारबाहीको दायरामा ल्याई जनतालाई सुरक्षाको प्रत्याभुत दिने हो आम नागरिकले पटकपटक प्रश्न गरेका छन् । घटना भएको केही समय चर्चामा आउने पछि अनुसन्धान फितलो र ढाकछोप तथा प्रलोभन जस्ता कारण अनुसन्धान प्रभाबित हुने गरेको स्थानीयको आरोप छ ।
नौ महिनामा भएका प्रतिनिधीमुलक ४ घटनाका अनुसन्धानले परिणाम दिन नसक्दा जनता असुरक्षित रहेको र सरकारले सुरक्षा प्रदान गर्न नसकेको पुष्टि गरेको छ । घटना दिनदनै बढेका छन् । अनुसन्धान फितलो हुदाँ घटना रहस्यमय बन्दै जादा जनता निराश बन्दै आएका छन् ।
घटनाको संङ्ख्या बढेको छ, हामी असुरक्षित बन्दै आएका छौं, स्थानीय थम्मन बहादुर बुढाथोकीले भन्नुभयो, जनताको सुरक्षा नहुने तर अनुसन्धान जारी भैरहदाँ निराशाको भारी बोक्नुको बिकल्प छैन् । प्रतिनिधि मुलक घटना बाहेक अन्य जघन्य अपराधका घटनाको समेत अनुसन्धान फितलो भएको स्थानीयको भनाई छ ।