पुल नहुदा काठको साँघु बनाए

-


     राजेशचन्द्र राजभण्डारी     
     असार ११ गते २०७८


बागलुङ -हरेक बर्षकाे एउटै राेग यसको उपचार र आ‌ैषधी नहुदा बागलुङका जनताले वर्षा याममा सधैं जाेखिम माेलेर खाेला वारपार गर्नु पर्ने बाध्यता कायमै रहेछ पछि जनताले आफै काठकाे साँघु  हालेर खाेला वारपार गर्ने अस्थायी पुल बनाएका छन् ।

स्थानीय तह संग पटकपटक पुल बनाउन माग गरेपनि खाेला वारपार गर्न पुल नबनेपछि बागलुङका स्थानीय जनता आफै अस्थायी पुल बनाएका छन् ।बर्षा लागेपछि सधैं खाेला वारपार गर्न समस्या भए पछि बागलुङकाे ग्रामीण क्षेत्रका जनताले आफै काठकाे साँघु निर्माण गरेका छन् ।

बागलुङ जिल्लाकाे दक्षिण जैमुनी नगरपालिका वडा नम्बर १ कुश्मीशेरा टिमुरे खाेला तर्न पुल नभएको कारण सास्ती खेप्दै आएका जनताले  आफै जंगलबाट रूख काटेर काठको साँघु बनाएको  स्थानीय बासि कुलराज शर्माले बताए । 

स्थानीय खाेलामा पुल नहुदा जनताको दैनिकी नै राेकिन पुगेको मान्छे मर्दा मृत्यु संस्कारको लागि समेत समस्या भएको बिद्यार्थीहरू बिद्यालयमा पढ्न जान समेत समस्या भएको  स्थानीय बासि डिल्ली शर्माले बताए ।

टिमुरे खाेलामा पुल नहुदा दैनिक रूपमा वारपार गर्न बालबालिका बिद्यालय जान ,घाँस दाउरा गर्न खेतीपाती गर्न जान समेत जाेखिम माेलेर खाेला तर्न बाध्यता रहेको छ । बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाडा लगायतका स्थानीयले समेत प्रयोग गर्ने सडक यहीँ भएको कारणले पनि खाेलामा पुल राख्नुपर्ने देखिन्छ ।

बर्षाकाे कारण गाउँ गाउँमा खनिएका सडक समेत बाढी पहिरोले ठाउँ ठाउँमा क्षति ग्रस्त बनेपछि स्थानीय जनतालाई हिड्न समेत समस्या भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?