सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले काठेखोला गाउँपालिका भित्रका कोरोना प्रभावितकालागि व्यवसाय प्रवद्र्धनकालागि सहयोग गरेको छ ।
टिएफ परियोजना अन्तरगत कोरोना संक्रमित र परिवारका सदस्यको मृत्यु भएकाको आर्थिक अबस्था सुधार गर्ने र व्यवसायमा प्रेरित गर्न पशुपालन तर्फ लगानी सहयोग गरेको गरेको फेकोफनका अध्यक्ष राज बहादुर थापाले बताउनुभयो । महासंघले
खानी, रेश र भीमापोखराका पीडित तथा संक्रमितलाई बाख्रा पालन, कुखुरा पालन सहितको व्यवसायमा लगानी गरेको हो ।
महासंघका अध्यक्ष थापा सहितको टोलीले संक्रमितको घरघरमा पुगेर सहयोग हस्तान्तरण गरेको महासंघले जनाएको छ । लेखानीको कादेशका गोबिन्द क्षेत्री, भीमापोखराका कर्णबहादुर थापा, रेशकी देवी थापा र रनमाया थापा तथालाई बाख्रा पालनकालागि सहयोग गरिएको थापाले बताउनुभयो । लेखानीकै कोदशका दिलबहादुर बिकलाई कुखुरा पालनकालागि सहयोग गरिएको हो । उहाँहरु सबैलाई २० हजार रुपैयाँको दरले महासंघले लगानी गरेको हो ।
ती मध्ये देवी थापाका श्रीमानको कोरोनाका कारण मृत्यु भएपछि एकल हुनभएको छ । अन्य आँफै कोरोना प्रभावित रहनुभएको छ । ‘आर्थिक रुपमा बिपन्न भएकै कारण कोरोना प्रभावित भएपछि रोजगारी र रोजीरोटीमा असर परेकाहरुलाई सहयोग गरेको थापाको भनाई छ । सदरमुकामा बोलाउँदा खर्च बढ्ने भएपछि घरघरमा पुगेर सहयोग गरिएको थापाले जानकारी दिनुभयो ।