
बागलुङका कोविड १९ का कारण ज्यान गुमाएका शिक्षक तथा कर्मचारीको स्मरणमा गलकोट नगरपालिकामा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाली शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सञ्चालन गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्त्रगत उक्त कार्यक्रम सम्पन्न भएको हो । गलकोटमा क्रियाशील शिक्षक संगठनका प्रतिनिधिले ५ मैनबत्ती प्रज्वलन गरिएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । ढकालले राज्यले शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै सरकार अनुत्तरदायी भएको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा तीनै तहका सरकार जिम्मेवार बन्न आग्रह गर्नु भयो ।
उक्त अवसरमा नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष हरि चालिसे, एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोटका अध्यक्ष चूडामणि शर्मा, अखिल नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष सोम ुापकोटा र नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोटका अध्यक्ष रामबहादुर खत्री रहेकाे स्थानीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका सचिव वीरबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।