समाज

निलुवा समाज चमुवा जापानले विपन्न परिवारलाई राहत प्रदान

निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्वर ४ स्थित दलित वस्ति भयरखर्क र चमुवाका गरिव, विपन्न तथा कोभिड संक्रमित ५ घरपरिवारलाई सहयोग गरिएको छ । कोरोना भाईरस कोभिड १९ महामारीको कारण भएको वन्दावन्दिका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिकी चलाउदै आएका विपन्न परिवार र कोभिड संक्रमित परिवारलाई थोरै भएपनि राहात मिलोस् र दैनिकीमा केहि सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका निलुवा समाज चमुवा जापानका अध्यक्ष थम वहादुर क्षेत्रीले जानकारी दिनुभयो । राहात पारिवारीक संङ्ख्याको आधारमा १ देखि… पुरा पढौ

बागलुङ बजारमा खानेपानीको हाहाकार

बागलुङ- सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन । बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति… पुरा पढौ

५ दिनपछि संचालनमा आयो कालीगण्डकी कोरिडोरको पुल

बागलुङ - अबिरल वर्षा लसंगै आएको बाढीले बगाएको बागलुङ जिल्लाकको दक्षिण भेग कालीगण्डकी कोरिडोर सडकमा रहेको काठेखोला माथिको पुल मर्मत कार्य सम्पन्न भए संगै संचालनमा आएको छ । कालीगण्डकी काेरीडाेर अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १ काँठेखाेलाकाे पुल क्षति भएको खबर संचार माध्यमबाट  प्रशारण भएपछि पुल मर्मतकाे कामले अग्रता लिएको हाे । सडक विभागले बागलुङको काँठेखाेलामा क्षति भएको माेटरेवल पुल स्काभेटर प्रयोग गरि पुलको मुख भागमा आएको ठूलो चट्टान फाेडेर पुल मुनि बाट पानी बग्ने बनाइ पुल संचालनमा ल्याइएको सडक विभागले… पुरा पढौ

बाढीबाट विस्थापितहरुले राहत नपाएको गुनासो

मनाङ जिल्ला सदरमुकाम लगायत तल्लो मनाङमा भिषण वर्षाका कारण गएको बाढी पहिरोका दुई सय भन्दा बढि स्थानीयहरू विस्थापित हुन पुगेका छन । जिल्लाका तलेखुमा चामे गाउपालिकाका वाड नम्बर ५ र पिसाङ गाउपालिकाको वाड नम्बर १ मा परेको वर्षाका कारण गएको बाढि र पहिरोकाबाट सो क्षेत्रका स्थानीयबासी विस्थापित हुन पुगेको टासी लामाले जानकारी दिनुभयो । विस्थापितहरुलाइ शिविर निर्माण गरेर राखिएता पनि उचित राहतको व्यवस्थापन नहुदा उनीहरुको दैनिक जीवन कष्टकर बन्न पुगेको छ ।वडा अध्यक्षले नै विस्थापितहरुको राहत व्यवस्थापनमा ध्यान नदिएकोले सो… पुरा पढौ

निषेधाज्ञा जारी भएपछि तरकारीको व्यापार घट्यो

बागलुङ- काेराेना भाइरसकाे दाेस्राे लहर फैलिएको भन्दै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपछि ठूलो स्केलमा ब्यबसायीक तरकारी खेती गर्दै आएका कृषक मर्कामा परेका छन् ।जिल्ला निषेधाज्ञा लागू भए संगै सदरमुकाममा बसाेवास गर्ने धेरै ब्यक्तिहरू घर घर फर्किएपछि बजारमा तरकारीको व्यापार घटेकाे छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको निषेधाज्ञाका कारण तरकारीको व्यापारमा भारी गिरावट आएको छ । निषेधाज्ञाका कारण मानिसहरुको हिंड्डुल खुम्चिएपछि तरकारीको बजार पनि खुम्चिएको हो । बागलुङ सदरमुकाममा दुई दशक देखि ब्यबसायीक रूपमा तरकारी खेती गर्दै आएका… पुरा पढौ

वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बिश्वनै आक्रान्त बनेको सन्दर्भमा गलकोट नगरपालिकाका नागरिक पनि प्रभावित बने । नागरिकको स्वास्थ्य उपचार र र कोरोना नियन्त्रणमा नगरपालिका देखि वडा कार्यालय, सामाजिक संघ सस्था सक्रिय बन्दै नियन्त्रणमा अग्रसरता देखाए । गलकोट नगरपालिकाले कोरोना अस्पताल निर्माण तथा ब्यवस्थापनमा सहयोग गर्न स्थानीयलाई सहकार्य गर्न आग्रह समेत ग¥यो । सामाजिक संघ सस्था सहयोगि व्यक्तीको सहयोगले कोरोना उपचार र रोकथाममा सहयोग पुगेको छ । नगरपालिकाले… पुरा पढौ

करेन्ट लागि बागलुङ ओडारचौरमा एकको मृत्यु

राजेशचन्द्र राजभण्डारी बागलुङ -बागलुङ बजारकाे उपल्लाचाैरकाे ग्यारेजमा बाढिले ल्याएकाे माटाे सफा गर्ने क्रममा करेन्ट लागेर एक युवाकाे मृत्यु भएकाे छ ।   मृत्यु हुने युवा जलजला गाउपालिका ६ धाइरिङ घर भई उपल्लाचाैर बस्ने १९ बर्षका सागर नेपाली रहेकाे प्रहरीले जनाएकाे छ ।उपल्लाचाैरस्थित राजकुमार शर्माकाे ग्यारेजकाे माटाे सफा गर्दा करेन्ट लागेर ज्यान गएकाे ससुरा याम बहादुर विकले बताए । करेन्ट लागि अचेत भएर लडेका नेपालीलाइ धाैलागिरी अस्पताल लगिएकाे थियाे । अस्पतालले मृत घाेषित गरेकाे थियाे । पुरा पढौ

उपचार नपाएर तड्पिँदै गुमा

बागलुङ-दुई वर्षदेखि बिस्तारामा थलिनुभएको छ, गुमा परियार । पक्षघातले शरीरको दाहिने हर चल्दैन । खाना खान र शौचालय जान अरुकै सहारा चाहिन्छ । दैनन्दिन रोगले गाल्दैछ । बोली मधुरो र अस्पष्ट हुँदैछ । ३० वर्षीया परियार अहिले जीवनमरणको सङ्घर्षमा छटपटाइरहनु भएको छ । गलकोट नगरपालिका–७ मल्मकी परियारले आफूलाई ‘ब्रेन ट्युमर’ भएको बताउनुभयो । उहाँ अहिले छोरीहरु करिष्मा र करिनासहित माइतीमा बस्नुहुन्छ । श्रीमानले बेवास्ता गरेपछि एक वर्षदेखि आमासँग बस्दै आएको उहाँले सुनाउनुभयो । “म बिरामी परेपछि घरकाले हेर्नै छाडे, श्रीमानले… पुरा पढौ

हटियामा खत्रीको घरको गाह्रो भत्कीयो !

गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा घरको गाह्रो भत्कीदा एक परिवार बिस्थापित भएको छ । अबिरल बर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर ३ को लोकतन्त्र चोकमा रहेको स्थानीय दधिराम खत्रीको घरको पुर्वतर्फको गाह्रो भत्कीएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिनुभयो । पूरीका अनुसार आज करिब सवा २ बजकोे समयमा भत्कीएको हो । घरको गाह्रो भत्कीएपछि खत्रीको परिबार बिस्थापीत हुनुभएको छ । गाह्रो भत्कीएसंगैं घरनै पूर्ण रुपमा जोखिममा परेको पूरीले बताउनुभयो ।  निरन्तर रुपमा बर्ष भैरेहेको… पुरा पढौ

अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने, भारतद्वारा भर्तीको सूचना आह्वान

काठमाडौं - अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो । आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ । १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन… पुरा पढौ