समाज

कोरोनाले रोजगारी परिवर्तन गरेपछि कृषि कर्म रोजें-भविन्द्र बिश्वकर्मा

बागलुङ- कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभर लकडाउन भएपछि यसले समाजका रहेक वर्गका मानिसहरूलाई प्रभाव पारेको छ। १४ बर्ष सम्म मलेसियामा रोजगारी गरेका बागलुङका युवा कोरोना भाइरसकाे कारण उता जान नपाएपछि बागलुङमै कृषि कर्ममा लागेर काम गरिरहेका छन् । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस फैलिएको भन्दै सरकारले देशमा लकडाउन गरेपछि धेरैजना ब्यक्तिहरूले आफ्नो पेशा ब्यबसाय परिवर्तन गर्न बाध्य बन्न पुगेका छन्।  बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११का  भविन्द्र बिश्वकर्मा  वैदेशिक राेजगार छोडेर बागलुङ सदरमुकाममा  कुखुरा पालन व्यावसाय शुरूवात गरेर अगाडि… पुरा पढौ

संघद्वारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपाल चिकित्सक संघले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सेट अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ । समाजसेवी प्रताप पौडेल, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि दिल्लीराम सुवेदी, नेपाल तरुण दल बागलुङको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, नेपाली काग्रेस बागलुङका नेता जित शेरचन र नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष गोपाल पौडेल लगाएतको पहलमा चिकित्सक संघले उपलब्ध गराएको हो । कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन र जनताको जीवन रक्षा गर्न धौलागिरि अस्पताल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्लाका तीन वटा स्वास्थ्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण… पुरा पढौ

बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो

बागलुङ-कोरोना भाइरस कोभिड १९ को जोखिम नघटेपछि बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता लकडाउन थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा वैंक तथा वित्तिय संस्थाहरु साताको चार दिन बिहान खुल्ला गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । डिसिसिएमसीको निर्णय अनुसार अब आगामी असार सात गतेसम्म बागलुङमा निषेधाज्ञा जारी रहने छ । जसमा हाल हप्तामा दुई दिन मात्र खुलेका… पुरा पढौ

गलकोटमा घर तोडफोड गरि चोरी

चरौँदीमा गयराती एक घर तोडफोड गरि चोरी भएको छ ।  गलकोट नगरपालिका वडा नम्वर ६ चरौंदीका स्थानीय लाल बहादुर खत्रीको घर तोडफोड गरि चोरी भएको प्रहरी चौकी हटियाले जनाएको छ ।  शनिबार चरौंदीबाट आमा पोखरा जानुभयो, हामी त्यहि गाडिमा बेलुका करिब पौने ९ बजे आयौं लाल बहादुर खत्रीले भन्नुभयो, सबारीमा आएकोले थकित भएकोले नजिकैकी छिमेकी मिना खत्रीलाई खाना बनाउन भनेकोले खाना खान गएको समयमा घर तोडफोड गरि चोरी भएको हो । खत्रीका अनुसार करिब बेलुका सवा नौं बजे खाना खान गई करिव… पुरा पढौ

गिरफ्तारीमा परेका शिक्षकको रिहाइको माग

बागलुङ-एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरप्mतार गरिएका संगठनका पूर्व जिल्ला सदस्यको रिहाएको माग गर्दै आज प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा हस्तारित विज्ञप्तिमा “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८÷०२÷२७ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले… पुरा पढौ

क्रिकेट रंगशाला निर्माणका लागि गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गर्यो सहयोग

जापान/ गलकोट समाज जापान क्षेत्रीय समिती नागोयाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणा कार्यका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको छ । क्षेत्रीय समिति नागोयाले रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले “खेल नै जीवन हो, जीवन नै खेल हो” मुख्य नाराका साथ खुल्ला पुरुष दोस्रो रनिङ कप भलिवल प्रतियोगिता गरेको र त्यसबाट भएको नाफा रकम रंगशाला निर्माणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनललाई प्रदान गरिएको समाजका अध्यक्ष रामुकाजी थापाले जानकारी दिनुभयो । सहयोग रकम एक कार्यक्रमका बिच… पुरा पढौ

यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ !

हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान ! पहिले एकजाना युवतीलाई रूपमा राम्री भएकै कारण भाइरल बनाइयो । कारण: उनले डोकोमा तरकारी बोकिन । रूपको बजार चलाएर महिला माथि विभिन्न शोषण र दमन गर्ने यस्तो शृंखला आजको हैन । विडम्बना, अधिकांश महिलाहरुले आफू माथि शोषण भइरहेको पत्तो नै पाउँदनन ! ‘डजन्ट म्याटर’ भन्न सम्म पछि पर्दैनन ! हुन त यो अभिव्यक्ति स्वतन्त्रताको युग हो । व्यक्ति आफ्ना रुची र… पुरा पढौ

शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई राहत रकम हस्तान्तरण

बागलुङ/ शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई एक कार्यक्रमका बिच आज राहत रकम हस्तान्तरण गरेको छ ।जेठ १९ गते अल्पायुमा निधन भएकी जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ७ का विद्यालय कर्मचारी तथा कम्प्युटर शिक्षक प्रतिमा रानाको परिवारलाई राहत रकम ५ हजार रुपियाँ हस्तान्तरण गरिएको हो ।स्वर्गीय शिक्षक रानाको गलकोट नगरपालिका वडा नं. ९ बास्खोलामा आयोजित कार्यक्रममारकम हस्तान्तरण गर्दै शैक्षिक कल्याण कोष बागलुङका अध्यक्ष मित्रदत्त ढकालले लगनशील, सिर्जनशिल र कर्तव्यनिष्ठ शिक्षक रानाको असामयिक निधनले शैक्षिक जगतमा अपुरणीय क्षती… पुरा पढौ

बागलुङ अक्सिजन राहत टोलीद्वारा ३ ओटा अक्सिजन सिलिन्डर प्रदान

बागलुङ अक्सिजन राहात टोलीले आज गलकोट नगरपालिकालाई ३ ओटा अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ ।  ढोरपाटन नगरपालिका वडा न १ निवासी राजु श्रेष्ठको सयोजकत्वमा दिपेन्द्र श्रेष्ठ, यामु पौवी, आकास युएसवि थापा, केशव बिक्रम सिह ,कमल भुसाल लगायतले गठन गरेको बागलुङ अक्सिजन राहात टोलीले अक्सिजन सिलिन्डर सहयोग गरेको हो । बागलुङ अक्सिजन राहात टोली गलकोटका संयोजक केशव विकम सिहले आज गलकोट नगरपालिकाको कार्यालयमा नगर प्रमुख भरत शर्मा गैरे  र उप प्रमुख रेनुका काउचालाइ अक्सिजन हस्तान्तरण गर्नुभएको थियो । ४८ केजीका… पुरा पढौ

६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन शुरू

बागलुङ , बागलुङ नगरपालिकाले मंगलबारदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप लगाउन १४ वटै वडामा केन्द्र तोकेको छ । ती केन्द्रहरूमा मंगलबार ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन शुरू गरिएको  छ ।  यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको बागलुङ नगरपालिका स्वास्थ शाखाका प्रमुख  रामप्रसाद खनालले बताए । नगरपालिकाअन्तर्गत सहरी… पुरा पढौ