
बागलुङ-कोरोना भाइरस कोभिड १९ को जोखिम नघटेपछि बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थप गरिएको छ ।
कोरोना संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा वैंक तथा वित्तिय संस्थाहरु साताको चार दिन बिहान खुल्ला गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । डिसिसिएमसीको निर्णय अनुसार अब आगामी असार सात गतेसम्म बागलुङमा निषेधाज्ञा जारी रहने छ ।
जसमा हाल हप्तामा दुई दिन मात्र खुलेका बैँक तथा बित्तिय संस्था हप्तामा चार बिहान ७ बजे देखि १० बजे सम्म खुल्न पाउने भएका छन् भने अन्य सबै यथावत रहने छ ।
जिल्लामा कोरोनाको दोस्रो लहर बढे संगै बैशाख २१ गतेबाट निषेधाज्ञा सुरु भएको थियो ।