बागलुङ- कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभर लकडाउन भएपछि यसले समाजका रहेक वर्गका मानिसहरूलाई प्रभाव पारेको छ। १४ बर्ष सम्म मलेसियामा रोजगारी गरेका बागलुङका युवा
कोरोना भाइरसकाे कारण उता जान नपाएपछि बागलुङमै कृषि कर्ममा लागेर काम गरिरहेका छन् ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस फैलिएको भन्दै सरकारले देशमा लकडाउन गरेपछि धेरैजना ब्यक्तिहरूले आफ्नो पेशा ब्यबसाय परिवर्तन गर्न बाध्य बन्न पुगेका छन्। बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११का भविन्द्र बिश्वकर्मा वैदेशिक राेजगार छोडेर बागलुङ सदरमुकाममा कुखुरा पालन व्यावसाय शुरूवात गरेर अगाडि बढेका छन्।
१४ बर्षसम्म रोजगारीको सिलसिलामा मलेसिया
बसेका बिश्वकर्मा गत बर्ष नेपाल आए लगत्तै कोरोना भाइरस काेभिड १९ को कारण लकडाउन भएपछि बागलुङ नगरपालिका ३ रातामाटामा जग्गा भाडामा लिएर कृषि कर्ममा तल्लिन बनिरहेका छन् ।
हाम्रो कृषि तथा पाेल्ट्रिफर्म दर्ता गरेर कृषि फर्म १० बर्षकाे लागि ४ राेपनी जग्गा भाडामा लिएर ६ लाख लगानी गरेका छन् ।लाेकल कुखुरा बट्टाई हाँस खरायो बाख्रा पालन ब्यबसाय गरेको कृषक बिश्वकर्माले बताए ।
यो ब्यबसायमा भबिन्द्र लाई श्रीमती ,छाेरा छाेरीले सघाइ रहेका छन् । लाेकल कुखुरा प्रति केजी ७०० अण्डा ५०० क्रेट बट्टाईकाे अण्डा प्रति गाेटा १० रूपैयाँ बट्टाई प्रति गाेटा २५० रूपैयाँमा फर्म बाटै बिक्री भइरहेको छ ।
व्यावसाय शुरू गरेको ७ महिना मै ब्यबसायी बिश्वकर्माले मासिक रूपमा घर खर्च कटाएर १५ ,२० हजार आम्दानी गर्ने गरेका छन् ।
बजारमा यतिबेला लाेकल कुखुराको मासुको माग अधिक रहेको छ। थोक व्यवसायीहरू घरमैं आएर कुखुराहरू लैजान्छन् साथै यसबाट राम्रो आम्दानी पनि हुने गरेको तिनले बताए। कुखुरा पालन गरेर नै आत्मनिर्भर बन्ने ब्यबसायी बिश्वकर्माले बताए
काम शुरू गरेको छाेटाे समयमा ब्यवसाय राम्रो भइरहेको अहिले परिवारका सदस्य सबै मिलेर काम गरिरहेकाे तुलसी बिश्वकर्माले बताइन ।
केही समय आफ्नो परिवार कसरी चलाउने भन्ने चिन्तामा परेका भबिन्द्र साथी भाइको सल्लाह अनुसार परिवार चलाउनको लागि लाेकल कुखुरा लगायत पशु पन्छि पालन शुरू गरेर प्रतिफल दिन थालेपछि भने हर्षित बनेका छन् ।
काेराेना भाइरसले धेरै जसाे क्षेत्र बन्द र ठप्प भएको बेला गाउँ घरमै पालिएका लाेकल कुखुरा बट्टाईकाे मासु अण्डा खादा युनिटि पावर बढ्ने जन बिश्वासकाे कारण पनि यसको माग बढ्न गएको कारण बजारको समस्या छैन ।धेरै जसाे ब्यक्तिहरूकाे पेशा ब्यबसाय राेजगारी गुमिरहेकाे बेला कृषि कर्ममा लाग्नेलाई भने आफ्नो काममा गर्न भ्याइनभ्याई छ । यसले कृषि कर्ममा लाग्ने र लाग्न खाेज्नेहरूकाे लागि राेजगारीकाे नयाँ ढाेका खाेली दिएको छ ।