चरौँदीमा गयराती एक घर तोडफोड गरि चोरी भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ६ चरौंदीका स्थानीय लाल बहादुर खत्रीको घर तोडफोड गरि चोरी भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
शनिबार चरौंदीबाट आमा पोखरा जानुभयो, हामी त्यहि गाडिमा बेलुका करिब पौने ९ बजे आयौं लाल बहादुर खत्रीले भन्नुभयो, सबारीमा आएकोले थकित भएकोले नजिकैकी छिमेकी मिना खत्रीलाई खाना बनाउन भनेकोले खाना खान गएको समयमा घर तोडफोड गरि चोरी भएको हो । खत्रीका अनुसार करिब बेलुका सवा नौं बजे खाना खान गई करिव पौने ११ बजे आउदा घटना भएको हो ।
घरतोडफोड गरि १ तोला सुनको मगंल सुत्र, १ जोडि सुनको झुम्का, आईफोन १२ प्रो म्याक्स र मोबाईल ब्याकअप १ ओटा र नगद जापानीज ऐन २४ हजार, नेपाली १० हजार, क्यू एण्ड क्यू घडि १ ओटा लगाएतका सामाग्री चोरी भएको खत्रीको भनाई छ । खत्रीका अनुसार सामान तथा नगद गरि करिब ४ लाख बराबरको चोरी भएको छ ।
घरका पछाडिको च्यानलगेटबाट चाबी फोडेर घर भित्र पसेको चोरले पहिलो तलाको एक कोठाको चाबी फाडेको छ भने दुई ओटा कोठामा रहेका सबै झोला, सुटकेस खोलेर चोरी गरेको प्रहरी चौकी हटियाले जनाएको छ ।
चोरी गर्ने क्रममा प्रयोग गरिएको रड, २ ओटा चाबी र खेतमा रहेको चप्पल बरामत गरिएको प्रहरीको भनाई छ । त्यस्तै चोरीको आशंकामा स्थानीय १ युवालाई समेत नियन्त्रणमा लिएको प्रहरीको चौकी हटियाका प्रमुख प्रहरी नायब निरिक्षक बाबुराम पूरीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।