शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई राहत रकम हस्तान्तरण

-


     जनहित न्युज    
     जेठ २६ गते २०७८


बागलुङ/ शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई एक कार्यक्रमका बिच आज राहत रकम हस्तान्तरण गरेको छ ।
जेठ १९ गते अल्पायुमा निधन भएकी जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ७ का विद्यालय कर्मचारी तथा कम्प्युटर शिक्षक प्रतिमा रानाको परिवारलाई राहत रकम ५ हजार रुपियाँ हस्तान्तरण गरिएको हो ।
स्वर्गीय शिक्षक रानाको गलकोट नगरपालिका वडा नं. ९ बास्खोलामा आयोजित कार्यक्रममारकम हस्तान्तरण गर्दै शैक्षिक कल्याण कोष बागलुङका अध्यक्ष मित्रदत्त ढकालले लगनशील, सिर्जनशिल र कर्तव्यनिष्ठ शिक्षक रानाको असामयिक निधनले शैक्षिक जगतमा अपुरणीय क्षती भएको भन्दै शोकलाई शक्तिमा बदलेर उहाका अधुरा सपना पूरा गर्नु पर्ने बताउनु भयो ।
विक्रम संवत २०६३ सालमा बागलुङ जिल्लामा क्रियाशिल शिक्षकका पेशा गत संगठनहरुले संयुक्त रुपमा स्थापन गरेको यस कोषबाट जिल्ला भित्रका विद्यालयमा कार्यरत बाहलवाला शिक्षकक निधन भएमा घरमा नै गई परिवारलाई राहत रकम हस्तान्तरण गर्दै आएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका सचिव वीर बहादुर चोखालले बताउनु भयो ।
नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङतथा गलकोट नगर समतिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रम
अखिल नेपाल शिक्षक संघ गलकोट नगर समितिका अध्यक्ष सोमलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?