बागलुङ अक्सिजन राहत टोलीद्वारा ३ ओटा अक्सिजन सिलिन्डर प्रदान

-


     ईश्वर सुवेदी    
     जेठ २६ गते २०७८


बागलुङ अक्सिजन राहात टोलीले आज गलकोट नगरपालिकालाई ३ ओटा अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ । 

ढोरपाटन नगरपालिका वडा न १ निवासी राजु श्रेष्ठको सयोजकत्वमा दिपेन्द्र श्रेष्ठ, यामु पौवी, आकास युएसवि थापा, केशव बिक्रम सिह ,कमल भुसाल लगायतले गठन गरेको बागलुङ अक्सिजन राहात टोलीले अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।

बागलुङ अक्सिजन राहात टोली गलकोटका संयोजक केशव विकम सिहले आज गलकोट नगरपालिकाको कार्यालयमा नगर प्रमुख भरत शर्मा गैरे  र उप प्रमुख रेनुका काउचालाइ अक्सिजन हस्तान्तरण गर्नुभएको थियो ।

४८ केजीका ३ ओटा अक्सिजन सिलिन्डर गरि करिब ८१ हजार बराबरको स्वास्थ्य सामाग्री आज गलकोट नगरपालिकाकालाई प्रदान गरेको राहात टोलिले जनाएको छ । 
अक्सिजन सिलिन्डर ग्रहण गदैं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद दिदै यस प्रकारको महामारीमा सबैको साथ र सहयोगले नै रोकथाम र नियन्त्रण गर्नका लागि ठुलो सहयोग पुगेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा कोरोना भाईरस कोभिड १९ को तेस्रो लहर भित्रिएको र त्यसलै बालबालीकालाई प्रभाबित पार्ने स्वास्थ्य बिज्ञको भनाई अनुसार गलकोट नगरपालिकाले समेत उत्त भाईरसबाट बच्न उच्च सर्तकता अपनाउने गरि पूर्व तयारी सुरु गरेको बताउनुभयो ।

नगर प्रमुख गैरेले गलकोट क्षेत्रमा रहेका सबै स्वास्थ्य सस्थाबाट समेत तेस्रो लहको उपचार गर्ने अबस्था श्रृजना गर्न आवश्यक स्वास्थ्य सामाग्री तथा आर्थिक श्रोतको ब्यबस्थापनको लागी सहयोग गर्न सबै गलकोटबासीलाई आग्रह गर्नुभयो । उहाँले रोगको उपचार भन्दा रोग लाग्न नदिर्ने बाताबरण श्रृजना गर्नु महत्वपूण हुने भएको बताउदैं सबै नगरवासीलाई सर्तकता अपनाउन आग्रह समेत गर्नुभयो । 

त्यस्तै उपप्रमुख रेनुका काउचाले प्रत्येक नागरिकहरु आफ्नो आफ्नो ठाउँमा सतर्क र सजक भएमा छिटैनै कोरोना महामारीलाई पराजित गर्न सकिने बताउनुभयो । उहाँले कोरोना नियन्त्रण र व्यवस्थापनमा नगरपालिका सबै सगै हातेमालो गरेर अगाडि बढिरहेको बताउदैं सबैलाई यो अभियानमा जोडिन आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?