संघद्वारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

-


     छविलाल पाण्डे    
     जेठ ३१ गते २०७८


नेपाल चिकित्सक संघले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सेट अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ ।

समाजसेवी प्रताप पौडेल, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि दिल्लीराम सुवेदी, नेपाल तरुण दल बागलुङको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, नेपाली काग्रेस बागलुङका नेता जित शेरचन र नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष गोपाल पौडेल लगाएतको पहलमा चिकित्सक संघले उपलब्ध गराएको हो ।

कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन र जनताको जीवन रक्षा गर्न धौलागिरि अस्पताल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्लाका तीन वटा स्वास्थ्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रताप पौडेलले जानकारी दिनुभयो ।

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न र कोराना रोकथामको लागि सहयोग होस भनि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, माक्स, पिपिई लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको अभियानका सदस्य नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुको भनाई छ ।

पहिलो चरणमा हामीले प्राथमिकताका आधारमा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौ पछि आवश्यकताका आधारमा फेरि सहयोग जारी रहने नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लको लगायतको सहभागितामा उक्त सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?