गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा घरको गाह्रो भत्कीदा एक परिवार बिस्थापित भएको छ ।
अबिरल बर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर ३ को लोकतन्त्र चोकमा रहेको स्थानीय दधिराम खत्रीको घरको पुर्वतर्फको गाह्रो भत्कीएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिनुभयो ।
पूरीका अनुसार आज करिब सवा २ बजकोे समयमा भत्कीएको हो । घरको गाह्रो भत्कीएपछि खत्रीको परिबार बिस्थापीत हुनुभएको छ । गाह्रो भत्कीएसंगैं घरनै पूर्ण रुपमा जोखिममा परेको पूरीले बताउनुभयो ।
निरन्तर रुपमा बर्ष भैरेहेको ले बाढी, पहिरोको जोखिम उच्च हुने हुँदा सबैजना सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न बाटोमा यात्रा गर्दा चनाखो भएर यात्रा गर्न प्रहरी चौकी हटियाले आग्रह गरेको छ ।
खोलामा पानीको बहाव बढेको छ, तटीय क्षेत्रका बासिन्दाहरु,लाई थप सतर्कता अपनाउन आग्रह गदैं प्रहरी नायव निरिक्षक पुरीले खोलामा माछा मार्ने, वा खोला नजिक जाने जस्ता क्रियाकलाप समेत नगर्न आग्रह गर्नुभयो ।
प्राकृतिक विपत्तीबारे कुनै समस्या भएमा वडाकार्यालय, नगरपालिकाको बिपत ब्यबस्थापन समिति वा नजिकको प्रहरी कार्यालय सम्पर्क आग्रह समेत गर्नुभयो ।