मनाङ जिल्ला सदरमुकाम लगायत तल्लो मनाङमा भिषण वर्षाका कारण गएको बाढी पहिरोका दुई सय भन्दा बढि स्थानीयहरू विस्थापित हुन पुगेका छन ।
जिल्लाका तलेखुमा चामे गाउपालिकाका वाड नम्बर ५ र पिसाङ गाउपालिकाको वाड नम्बर १ मा परेको वर्षाका कारण गएको बाढि र पहिरोकाबाट सो क्षेत्रका स्थानीयबासी विस्थापित हुन पुगेको टासी लामाले जानकारी दिनुभयो ।
विस्थापितहरुलाइ शिविर निर्माण गरेर राखिएता पनि उचित राहतको व्यवस्थापन नहुदा उनीहरुको दैनिक जीवन कष्टकर बन्न पुगेको छ ।
वडा अध्यक्षले नै विस्थापितहरुको राहत व्यवस्थापनमा ध्यान नदिएकोले सो अवस्था सृजना भएको स्थानीयको आरोप छ । राहत वितरणमा समेत राजनीतिकरणभएकोले पिडितहरुले समयमा नै राहत प्राप्त गर्न नसकेको जानकारहरु बताउछन ।