बागलुङ – अबिरल वर्षा लसंगै आएको बाढीले बगाएको बागलुङ जिल्लाकको दक्षिण भेग कालीगण्डकी कोरिडोर सडकमा रहेको काठेखोला माथिको पुल मर्मत कार्य सम्पन्न भए संगै संचालनमा आएको छ ।
कालीगण्डकी काेरीडाेर अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १ काँठेखाेलाकाे पुल क्षति भएको खबर संचार माध्यमबाट प्रशारण भएपछि पुल मर्मतकाे कामले अग्रता लिएको हाे ।
सडक विभागले बागलुङको काँठेखाेलामा क्षति भएको माेटरेवल पुल स्काभेटर प्रयोग गरि पुलको मुख भागमा आएको ठूलो चट्टान फाेडेर पुल मुनि बाट पानी बग्ने बनाइ पुल संचालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
अविरल वर्षा संगै आएको बाढीकाे कारण क्षति ग्रस्त माेटर गुड्ने पक्की पुल सबैको जनदबाब पछि सडक बिभाग लगायतका सराेकारवालाले ५ दिनमै मर्मत गरि पुल संचालनमा आएको हाे ।
पुल बाढीले क्षति पुर्याएपछि दक्षिण भेगका जनताकाे सदरमुकाम संग सम्पर्क बिच्छेद भएका थिए ।बागलुङ नगरपालिकाकाे वडा नम्बर ,१२,१३,र १४ का साथै जैमुनी नगरपालिका ,बरेङ गाउँ पालिकाका जनता सदरमुकाम संग सम्पर्क बिच्छेद हुन पुगेको थियो ।
स्थानीय प्रशासन ,सडक बिभाग , जिल्ला समन्वय समिति बागलुङ नगरपालिका लगायत जनप्रतिनिधि काे सक्रियतामा पुल मर्मत गरेर यातायात संचालन गर्ने तयारी भइरहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ मालढुंगामा रहेको काँठेखाेला माथिको पुल लगातारको वर्षासंगै पुल भत्किएकाे कारण ३ वटा स्थानीय तहका जनता लाई स्वास्थ उपचारमा समस्या पर्नुका साथै
सदरमुकामसंग पुर्ण रूपमा सम्बन्ध बिच्छेद हुन पुगेको थियो ।