निलुवा समाज चमुवा जापानले विपन्न परिवारलाई राहत प्रदान

-


     जनहित न्युज    
     असार ७ गते २०७८


निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्वर ४ स्थित दलित वस्ति भयरखर्क र चमुवाका गरिव, विपन्न तथा कोभिड संक्रमित ५ घरपरिवारलाई सहयोग गरिएको छ ।

कोरोना भाईरस कोभिड १९ महामारीको कारण भएको वन्दावन्दिका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिकी चलाउदै आएका विपन्न परिवार र कोभिड संक्रमित परिवारलाई थोरै भएपनि राहात मिलोस् र दैनिकीमा केहि सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका निलुवा समाज चमुवा जापानका अध्यक्ष थम वहादुर क्षेत्रीले जानकारी दिनुभयो । 
राहात पारिवारीक संङ्ख्याको आधारमा १ देखि २ वोरा सम्म चामल, ४ केजी दाल, १ लिटर तेल, सावुन, नुन, माक्स लगायतका खाद्यान्न सामग्रि हस्तान्तरण गरेको समाजका उपाध्यक्ष चेतराम सुवेदीले जानकारी दिनुभयो । 
जनप्रतिनिधी तथा स्थानीयको सहभागितामा विपन्न एवम कोरोना संक्रमित परिवारलाई राहात सामग्री हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?