बागलुङ- काेराेना भाइरसकाे दाेस्राे लहर फैलिएको भन्दै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपछि ठूलो स्केलमा ब्यबसायीक तरकारी खेती गर्दै आएका कृषक मर्कामा परेका छन् ।जिल्ला निषेधाज्ञा लागू भए संगै सदरमुकाममा बसाेवास गर्ने धेरै ब्यक्तिहरू घर घर फर्किएपछि बजारमा तरकारीको व्यापार घटेकाे छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको निषेधाज्ञाका कारण तरकारीको व्यापारमा भारी गिरावट आएको छ । निषेधाज्ञाका कारण मानिसहरुको हिंड्डुल खुम्चिएपछि तरकारीको बजार पनि खुम्चिएको हो ।
बागलुङ सदरमुकाममा दुई दशक देखि ब्यबसायीक रूपमा तरकारी खेती गर्दै आएका कृषक काेराेना भाइरसका कारण गत बर्ष देखि जिल्लामा लकडाउन संगै ब्यापार घटेको छ ।बजारमा डेरा लिएर बिद्यालय क्याम्पस पढ्ने सबै घर घरमा फर्किएपछि उत्पादन गरेको तरकारीकाे ब्यापार घटेको कृषक शर्मिला थापाले बताए ।
तरकारी बजारका रुपमा परिचित बागलुङ बजारमा ५० प्रतिशतले व्यापार घटेको छ । निषेधाज्ञा जारी हुनुअघि दैनिक रूपमा राम्रो व्यापार हुने गरेकोमा अहिले भने मुश्किलले खर्च धान्ने काममात्र भइरहेको कृषक थापा बताउँछिन् ।
अहिले जिल्लामा निषेधाज्ञा भएपनि ताजा तरकारीको लागि केही ब्यक्तिहरू कृषि फार्म पुग्ने गर्छन् ।फार्ममा ताजा तरकारी आफू लाई मनपरेकाे
खरिद गर्ने पाउने भएकोले पनि आउने गरेको स्थानीय बासि मन्जुल शाक्यले बताए ।
सामान्य अवस्थामा राम्रो ब्यापार हुने बागलुङ सदरमुकाममा राम्रो आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावट आएको छ । सर्वसाधारणलाई हिंड्डुल गर्न रोक लगाउनुका साथै तरकारी खरिद बिक्रिका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको ब्यबसायीकाे भनाइ छ ।
अहिले बागलुङ बजार भित्रकाे तरकारी बजारमा ६० प्रतिशत स्थानीय उत्पादन र ४० प्रतिशत धादिङ ,तनहुँ ,पाेखरा नारायणगढमा उत्पादन भएको तरकारी आउने गरेको छ ।
वि.सँ. २०६३ सालदेखि बागलुङ बजारमा तरकारी खेती गर्दै आएका कृषक हरियो तरकारी समयमै बेच्न नसक्दा कुहिने भएकाले तरकारी खरिद बिक्रिका लागि समय निर्धारण गरिनु गलत भएको बताए । निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमि आएको भन्दै उनले मूल्य घटेपनि व्यापार नबढेको बताए ।