अझै भेटिएनन् कायसका बुढाथोकी, अनुसन्धान प्रभाबकारी बनाउन सिडियो सहितको टोली घटना स्थलमा

-


     शर्मिला रोकामगर     
     असार १३ गते २०७८


बाग्लुङ जिल्ला गलकोट नगरपालिका वाड नम्बर ६ कायसका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिनुभएको छैन् ।

७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी गत असार १० गतेदेखि सम्पर्क विहिन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथी रहेको खरबारीमा घास काट्न गएको र सोही स्थानबाट सम्पर्क विहिन हुनुभएको परिवारले जनाएको छ ।
शुक्रबार विहानदेखि प्रहरी, वडा नम्वर ६ का जनप्रतिनिधी तथा स्थानीयबासी समेत २ सय जना भन्दा बढीले गलकोट नगरपालिका वडा नम्वर ६ को कायस देखी माथिको क्षेत्र, बाख्रे, चुचुल्के तथा कालिलेकमा खोजी गरे पनि फेला पार्न नसकेको गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो ।

यो अपहरण या अन्य भवितव्य घटना भएको भन्ने केही खुल्न सकेको छैन । परिवार र अनुसन्धानमा निरन्तर लागिरहेको प्रहरीले पनि यसबारे केही नखुलेको जनाएको छ । जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर सहितको प्रहरीको बिशेष प्राविधिक टोली झिकाएर शनिवार देखि खोजी कार्यलाई थप तीब्र पारेपनि अझै केही फेला परेको छैन् ।
पोखराबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा रेस्क्यू र क्याकर डग सहितको प्राविधिक टोलीले खोजी कार्य गरिरहेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उहाँ गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायव निरीक्षक बिक्रम बहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार दुइ कुकुरको फरक फरक जिम्मेवारी अनुसार काम गरिरहेको भएपनि सम्पर्क बिहिन भएको समय भन्दा धेरै ढिला भएकोले समस्या भएको बताउनुभयो । थापाका अनुसार कुकुरको प्रयोग गरेर शंकास्पद ठाँउमा खोजी कार्य भैरहेको छ ।
यसै बिच आज जिल्ला प्रशासन कार्यालय बागलुङ तथा र जिल्ला प्रहरी कार्यालयबाट समेत प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख उपरिक्षक सहितको टोली पनि घटनास्थल पुगेर अनुसन्धानलाई तिब्र पारेको छ ।
गलकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा जिल्ला सुरक्षा समितिको टोलीले घटना स्थलको अबलोकन गरि अनुसन्धानको दायर बढाउदैं सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरिक्षकसहितको टोलीलाइ गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले घटनाको परिणाम दिने गरि अनुसन्धान गर्न आग्रह गर्नुभयो ।उहाँले गाँउ बस्तीमा भएको यस्ता घटनाले नगरबासी असुरक्षित रहेको महशुष भएकोले सुरक्षाको प्रत्याभुति दिने गरि गम्भीर अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

घटनास्थलको अबलोकन पछि परिबारलाई सन्तवना दिदै प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले घटनाको गहिरो अध्ययन गर्ने बताउनुभएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लीले घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै कसर बाकिँ नराख्ने बताउदैं धैय गर्न परिवारलाई आग्रह गर्नुभयो । प्रहरीले पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाउने पल्लीले बताउनुभयो ।
बुढाथोकी घाँस काट्न बिहिबार विहान घरबाट निस्केपछि सम्पर्क बिहिन बन्नुभएको हो । बिहिबार करिब ८ बजेको समयमा घरबाट निस्कनुभएका बुढाथोकी दिउसो १२ बजे सम्म नआएपछि परिबारले खोजी गर्न थालेको थियो ।
खोज्दै जादाँ खरबारी चुचुल्केकोे समथर भागमा पुगेर बुढाथोकीले ४ मुठि घासँ काट्नुभएको, साथमा उहाँले लगेको नाम्लो र घासँ बाध्ने डोरी, प्लाष्टीक भटियो । तर उहाँ भेटिनुभएन् ।उहाँले लगेको हसियाँ र खुर्पेटो पनि भेटिएन् ।
उहाँ सम्पर्क बिहिन भएको भन्दै स्थानीयले वडा अध्यक्ष तथा प्रहरीलाई जनाकारी गराएका थिए । बिहिबार दिउसो २ बजे नै प्रहरी सहित स्थानीयले खोजि सुरु गरेपनि अझै बुढाथोकी भेटिनुभएको छैन ।
७० बर्षिय बुढाथोकी बिहिबार बिहान घासँ काट्न खरबारीमा निश्किए पछि सम्पर्क बिहिन भएकोले ४ दिन बित्दा समेत नभेटिएको भन्दै खोजी कार्यमा सहयोग गर्न परिवार तथा आफ्न्तजनले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?