बागलुङ – कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
उनीहरु आज दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न निरयघाट गएको प्रनाउ हवारीले बताए । ४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना प्रश्न बिक र विशन पुन भने सम्पर्कमा आएका छन् । बेपत्ता दुई किशोरकोे खोजी कार्य जारी रहेको