विदेश जान नपाउने सर्तमा क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

-


     जनहित न्युज    
     पौष २८ गते २०७९


विदेश जान नपाउने सर्तमा उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। नाबालिग बलात्कारको आरोप लागेका उनलाई बिहिवार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि कारागार पठाउने आदेशविरुद्ध सन्दीपको पक्ष उच्च गएको थियो।

यस अगाडिको २ वटा पेशी सन्दीपको कानुन व्यवसायीको आग्रहमा स्थगित भएको थियो। विदेशमा क्रिकेट खेलिरहेको बेला यता नेपालमा भने उनी विरुद्ध बलात्कारको जाहेरी परेको थियो
एक महिना अमेरिका बसेका उनी गत भदौ २० गते नेपाल आए लगत्तै पक्राउ परेका थिए।

भेट्न बोलाएर होटेलमा लगी बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ। पीडित नाबालिग हो या हैन भन्ने विवाद समय कायम छ यो केसमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?