स्रोत नखुलेको ४१ लाख नगद सहित ४ जना पक्राउ

-


     जनहित न्युज    
     माघ २० गते २०७९


काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यसैगरि कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?