समाज

किन हुन्छ सम्बन्धविच्छेद ?

भरखरै मात्र लोकप्रिय गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले गत शुक्रबार अदालतमा यो मुद्दा दर्ता गरेकी हुन् । उक्त मुद्दामा उनले आफ्नो चरित्रमाथि शङ्का गर्ने, काममा बाधा पुर्‍याउने र मानसिक दबाब दिनेजस्ता आरोपहरू लगाएकी छन् । चौहान र सापकोटाको विवाह झण्डै नौ महिनाअघि अर्थात् १७ अप्रिल २०२४ मा भएको थियो । विवाहपूर्व नै उनीहरूको सम्बन्धमा धेरै विवादहरू रहेको र आफूले हतारमा विवाह गर्ने निर्णय… पुरा पढौ

क्वान्टम कम्प्युटिङ: नयाँ युगको प्रविधि

क्वान्टम कम्प्युटिङ आजको समयमा संसारभरि चर्चित विषय बनेको छ। यसले कम्प्युटिङको भविष्यलाई नयाँ दिशा दिने अपेक्षाहरू राखिएको छ । कम्प्युटिङको इतिहासमा दुई प्रमुख युगहरू छन् । एक कन्साभनल कम्प्युटिङ (classical computing) जसले ० र १ मा आधारित रहेर काम गर्छ भने अर्को क्वान्टम कम्प्युटिङ एक नयाँ प्रविधि हो जुन क्वान्टम मेकानिक्सको सिद्धान्तमा आधारित छ । क्वान्टम मेकानिक्स एक शाखा हो जसले परमाणु र अणुको स्तरमा भइ रहेका घटनाहरूलाई अध्ययन गर्छ । यसको प्रयोग गर्दा कम्प्युटरहरू सामान्य कम्प्युटरहरू भन्दा धेरै छिटो… पुरा पढौ

ज्यूखाई : अँध्यारो जंगलको अत्यासलाग्दो वृत्तान्त

ज्यूखाई जंगलमाथिका लोककथा–किंबदन्ती डरलाग्दा छन्, जंगलको इतिहास पनि सुन्दर छैन, सदियौंदेखि मानिसको ठूलो संख्या त्यो आध्यारो जंगलमा हराइरहेको छ, किन ? विश्वप्रसिद्ध जापानी कलाकार युको ताकेउची हलिउडका नयाँ सिनेमामा काम गर्ने तयारीमा थिइन्, तर कोरोना महामारीपछि उनलाई मानसिक तनावले समात्यो ।काठमाडौँ —पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल सुन्दर छैन । यो जंगलमाथि लेखिएका लोककथा–किंबदन्ती असाध्यै डरलाग्दा छन् ।  यो जंगल पर्यापयर्टनका लागि होइन, हाराकिरी अर्थात् आत्महत्याका लागि कुख्यात छ । त्यसैले यो एक… पुरा पढौ

दलालहरूको चंगुलमा फसेका १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने, जन्मदर्ताको छाप नक्कली !

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो । पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले बाह्रखरीसँग भने । बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको… पुरा पढौ

यसो भए स्वदेशमै बस्छन् युवा

गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौंको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्नुहुन्थ्यो । खोज पत्रकारिता र भिडियोग्राफ्रीमा उहाँको राम्रो दख्खल थियो । त्यही विकासले पत्रकारिता मात्र होइन, देश नै छोड्नुभयो । उहाँ पुस दोस्रो साता देश छोडेर दक्षिण अमेरिकाको चिली जानुभयो । उहाँले पुस २१ मा चिली पुगेपछि लेख्नुभयो, 'विवाह, परिवार, बालबच्चाको जिम्मेवारीले थिचिदै जाँदा शहरमा भाडामा बसेर एक पत्रकारको… पुरा पढौ

‘विदेशको ठाउँ काम गरुञ्जेल मात्र हुँदोरहेछ’

सर्लाहीको लालबन्दी नगरपालिका– १२, डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारीमा गए । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए । उनी विगत तीन वर्षदेखि ह्विलचियरको सहारामा छन् । घरका एक मात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । ७ माघ २०७७ मा उनी वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया गएका थिए । २९ पुस २०७८ को राति कामबाट फर्किएपछि उनी साथीसँगै बजार गएका थिए । बजारबाट फर्कने… पुरा पढौ

भल्कोटमा अझै जिवित छ बाइसे चौबीसे राजाका पालामा नाचिने ‘पुतली नाच’

निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ। बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन्। पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ। थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन्। युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ। भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ। पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने… पुरा पढौ

जापान जाने योजनाले पाएन पूर्णता, अहिले दूध बेचेरै कमाउँछन् ३० लाख

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष… पुरा पढौ

जापानको नागोया शहरमा राहदानी तथा कन्सुलर सेवा, जसबाट नेपालीको ३ करोड ६२ लाख जोगियो

नेपाली राजदूतावास, टोकियोले गैर गैरआवासीय नेपाली संघ, जापान सँगको सहकार्य तथा क्षेत्रीय समिति नागोया सँगको समन्वयमा २०२५ जनवरी ११ देखि १४ तारिखसम्म तोकाई बाटिका ईन्टरनेशनल स्कुल नागोयामा राहदानी तथा अन्य कन्सुलर सेवा सम्पन्न भएको छ । घुम्ती सेवा १३ तारिखसम्म भनिए पनि सेवाग्राहीको अत्यधिक चापको कारण १ दिन थप गर्न परेको थियो । घुम्ती सेवामा राहदानी नवीकरण १ हजार २ सय ३० र अन्य (जन्म दर्ता, कागजात प्रमाणीकरण, अस्थायी अभिलेख) गरी १ हजार ४ सय ५० जनाले सेवा लिएको एनआरएनए… पुरा पढौ

होसेई युनिभर्सिटीकी छात्राले कक्षा सञ्चालन भैरहेको समयमा हथौडा प्रहार गरि ८ जना घाइते बनाएको आरोपमा पक्राउ

जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।  प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार टोकियोको माचिदास्थित होसेई विश्वविद्यालयको तामा क्याम्पसमा २२ वर्षीया युनिभर्सिटीकी एक छात्राले विद्यार्थीलाई हथौडाले प्रहार गर्दा आठ जना घाइते भएका थिए ।  महानगरीय प्रहरी विभागका अनुसार क्याम्पसको कक्षाकोठामा धेरै विद्यार्थीको टाउको र शरीरमा हथौडा प्रहार भएको छ भने आठ जना घाइते भएका छन् तर सबै सचेत र बोल्न सक्ने अवस्थामा छन् । आक्रमणमा संलग्न भएको आरोपमा… पुरा पढौ