समाज

जापान प्रहरीले पहिलो पटक विदेशी चालकहरूले गर्ने दुर्घटनाहरूको तथ्याङ्क जारी

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले पहिलो पटक विदेशी चालकहरूबाट हुने मृत्यु वा गम्भीर घाइते हुने ट्राफिक दुर्घटनाहरूको तथ्याङ्क जारी गरेको छ। यो तथ्याङ्क विदेशी चालकहरूलाई जापानी चालक लाइसेन्समा रूपान्तरण गर्ने नियमहरू कडा पारिने बताएको केही समयपछि सार्वजनिक भएको हो। जुलाईको अन्त्यमा जारी गरिएको एजेन्सीको तथ्याङ्क अनुसार, यस वर्षको पहिलो छ महिनामा विदेशी चालकहरूले गर्दा भएका यस्ता दुर्घटनाहरू कुल दुर्घटनाको २.१ प्रतिशत थिए, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशत र २०१५ मा १.१ प्रतिशतले बढी हो। रिपोर्ट गरिएका २५८ दुर्घटनाहरूमध्ये ८४.५ प्रतिशतमा… पुरा पढौ

बुकीपाटनमा भेडाका बथान (तस्बिरहरु)

समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको बुकीपाटन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । बुकीपाटनमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ । बर्खाको समयमा भेडाका लागि बुकीपाटनमा पोषिलो र पर्याप्त घाँस पाइने हुँदा बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट चरिचरनका लागि भेडाको बथान बुकीपाटनमा लिएर आएका हुन्छ । एउटा किसानले व्यावसायिक रुपमा २०० देखि दुई हजारसम्म भेडापालन गरेका हुन्छन् । तस्बिर डम्मर बुढामगर/रासस ढोरपाटन (बागलुङ), १६ साउनः बुकीपाटनमा गोठस्टे बुकीपाटनमा घुम्न आउने पर्यटकको… पुरा पढौ

एकै परिवारका १६ जना गाउँबाटै हराए

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ।प्रहरीले हराएका उर्मिला हायुको परिवारको घरमा सामान्य क्षति र अलपत्र अवस्थामा पशु भेटिएको जानकारी दिएको छ।स्थानीय जनप्रतिनिधि र गाउँलेसँग हराएका परिवारका सदस्यको बारेमा बुझ्ने काम भइरहेको छ।गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला चयन

टोकियो जापान। पर्वत समाज जापानको आठौं अधिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई ८ तारिखका टोकियोमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्। महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका छन् भने सचिवमा अर्जुन थापा र उमेश लामिछाने छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ। कोषाध्यक्षमा नवराज आचार्य, सह-कोषाध्यक्षमा बालकृष्ण… पुरा पढौ

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता बनेको छ।“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “ भन्ने नाराका साथ जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधारका क्षेत्रमा विकाशमा सरोकारवाला निकायसँगकाे समन्वयमा सहयोग गर्ने उदेश्यका साथ आयोजित दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको हो ।खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको… पुरा पढौ

नेपाल महोत्सव १०२५ को आज उद्घाटन हुँदै, चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने

जापानको ओसाकामा आजदेखि हुने दुई दिने नेपाल महोत्सव २०२५ को उद्घाटन हुन लागेको छ ।नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जुन १४ र १५ तारिख अर्थात आज र भोलि गरि दुई दिनसम्म ओसाकाको creative center Osaka मा हुन लागेको नेपाल महोत्सव-२०२५ को उद्घाटन जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गर्न लागेको गलकोट समाज जापान कान्साई क्षेत्रीय समितिका… पुरा पढौ

प्रवासमा हुने नेपाल फेस्टिवल या महोत्सवले नेपालसँग जोडिएको भावनात्मक सम्बन्ध

पृष्ठभूमी गल्कोट समाजले गल्कोटका लागि थुप्रै कामहरू गरेको छ । अझै राम्रो कुरा त संसारभरि छरिएर रहेका गल्कोटेहरूलाई पनि एउटै छातामुनी जोडिरहेको छ । यो शुखद पक्ष हो । गल्कोट छाडेर अन्यत्र बसेकाहरूले पनि गल्कोट समाजका माध्यमबाट गल्कोट प्रति चिन्तन र माया दर्शाईरहेका छन् ।यस्तो राम्रो कर्म गरिरहेको समाजको जापानको नेतृत्वले यसबारे गम्भिर भएर सोच्न सकेन भने यसको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुनेछ ।गल्कोट समाज केन्द्रिय समितिले यसको स्वामित्व ग्रहण गरेर आफ्नो मातहतका क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रमहरूलाई सफल पार्न… पुरा पढौ

कास्की पोखरा समाज जापानद्वारा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन कार्यक्रम’ सम्पन्न

टोकियो, जापान – कास्की पोखरा समाज जापानले जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन तथा प्रचारात्मक कार्यक्रम’ आयोजना गरेको छ। सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज तिवारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य प्रमुख अतिथिको रूपमा अनलाइनमार्फत सहभागी भएका थिए। विशेष अतिथिका रूपमा थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन रहनुभएको थियो भने, अन्य अतिथिहरूमा कास्की पोखरा समाज जापानका पूर्वअध्यक्षहरू, संरक्षकहरू, सल्लाहकारहरू तथा छिमेकी जिल्ला स्याङ्जाका ‘स्याङ्जा सहयोग समाज’ आईसीसीका अध्यक्ष विरेन्द्र जंग क्षत्री… पुरा पढौ

टोकियोको ताकादानोबाबा स्टेशन नजिकै लाइभ स्ट्रिमको क्रममा एक महिलाको छुरा प्रहार गरी हत्या

जापानको राजधानी टोकियो शिन्जुकु वडामा रहेको जेआर ताकादानोबाबा स्टेशन नजिकै लाइभ स्ट्रिमको बीचमा एक महिलालाई छुरा मंगलबार प्रहार गरिएको थियो र पछि उनको मृत्यु भएको पुष्टि भएको छ। छुरा प्रहार गर्ने एक पुरुषलाई स्थलबाट पक्राउ गरिएको छ। महानगरीय प्रहरी विभागले ४० वर्षीय संदिग्ध आक्रमणकारीलाई हत्या प्रयासको आशंकामा पक्राउ गरेको छ र घटनाको अनुसन्धान गर्दै आरोपलाई हत्यामा स्तरोन्नति गर्ने योजना बनाएको छ। स्थानीय अग्नि नियन्त्रण विभागलाई बिहान करिब ९:५० बजे नजिकैको पसलका कर्मचारीबाट एक व्यक्तिलाई छुरा प्रहार भएको सूचनासहितको आपतकालीन फोन… पुरा पढौ

बढ्दो नेपाली जनसंख्याले जापानमा रहेका शीर्ष ५ विदेशी नागरिकहरूलाई उछिन्दै

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको शीर्ष पाँच देशहरू विगत एक दशकदेखि अपरिवर्तित छन्, तर नेपालले ब्राजिललाई उछिन्दै अगाडि बढ्ने क्रममा छिट्टै परिवर्तन हुने सम्भावना छ। जुन २०२४ सम्ममा दक्षिण एसियाली देशका बासिन्दाहरूको संख्या बढेर २०६,८९८ पुगेको छ। अध्यागमन सेवा एजेन्सीको तथ्याङ्क अनुसार २०२२ देखि जापानमा नेपाली जनसंख्या वार्षिक ३०,००० देखि ५०,००० सम्म बढिरहेको छ। यसैबीच ब्राजिलियन नागरिकहरूको संख्या प्रति वर्ष लगभग २,००० देखि ५,००० सम्म बढिरहेको छ, जुन २०२४ मा यो संख्या २,१२,३२५ रहेको छ। यस दरमा, २०२४ को दोस्रो… पुरा पढौ