समाज

बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु

जेन-जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।  निजामती कर्मचारी (सिभिल) अस्पतालमा ल्याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। अस्पताल प्रशासनका अनुसार आज अस्पताल ल्याइएका ५१ जनामध्ये एक जनाको मृत्यु भएको हो। यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ।  पुरा पढौ

ब्रिफिङ : नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर

२४ भदौं, काठमाडौं । सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ । परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित… पुरा पढौ

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्यो

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः… पुरा पढौ

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरको जापानी स्थलमा फेला परेका हड्डी मानव अवशेष भएको पुष्टि

जापानको युद्धकालीन खानीमा फेला परेका हड्डी मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेष खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ । पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्व स्थलमा कोरियाली गोताखोरले यसै हप्ता तीन वटा हड्डी र एउटा खोपडी फेला पारेका थिए । प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ ।… पुरा पढौ

ओझेलमा दिज गाउँ,संभावना हुँदा हुँदै पनि बत्ति मुनीको अँध्यारो

बागलुङवरिपरि घना जंगल । छेउमै सुसाउने उत्तरगंगा । जसको छेउमै ठक्क बसेको छ दिज गाउँ । काठै काठले सजाएर बनाएका घर र गाउँले जनजीवन आगन्तुक आकर्षण गर्ने माध्यम बनेको छ । एकै ठाउँमा जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसमनले अझ बढी चाख लाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर पट्टी रहेको दिज गाउँ संभावना हुँदा हुँदै पनि बत्ति मुनीको अँध्यारो बनेको छ । गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले कहिलेकाँही पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र… पुरा पढौ

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

ढोरपाटन (बागलुङ)- अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए । यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो… पुरा पढौ

आइतबार जापानभरि प्रचण्ड गर्मीको अनुमान

मौसम अधिकारीहरूले आइतबार जापानको अधिकांश भागमा अर्को गर्मी दिन हुने चेतावनी दिएका छन्। मौसम विज्ञान एजेन्सीले दक्षिणपश्चिमको क्युशु क्षेत्रदेखि उत्तरपूर्वको तोहोकुसम्मका क्षेत्रहरूमा उच्च चापीय प्रणालीले प्रभाव पार्ने र तापक्रम बढ्ने बताएको छ। गुन्मा प्रिफेक्चरको माएबाशी शहर र सैतामा प्रिफेक्चरको कुमागाया शहरमा तापक्रम ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ; गिफु, तोयामा र यामागुची शहरहरूमा ३७ डिग्री; र मध्य टोकियो र ओसाका शहरमा ३५ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ। जापानका ४७ प्रिफेक्चरहरू मध्ये २६ मा गर्मीको खतराको चेतावनी जारी गरिएको… पुरा पढौ

ओसाका एक्स्पो चोरीको आरोप लागेका विद्यार्थीहरूले रेल भाडामा समेत ठगी गरेको हुन सक्छ: अनुसन्धान स्रोतहरू

एक्स्पो स्थलबाट ओसाका एक्स्पोको आधिकारिक पात्र म्याकु-म्याकुका ठूलो संख्यामा सामान चोरी गरेको आरोपमा पक्राउ परेका टोकियोका तीन विश्वविद्यालयका विद्यार्थीहरूलाई भाडा नतिरी बुलेट ट्रेनबाट पश्चिमी जापानको कान्साई क्षेत्रमा यात्रा गरेको शंका लागेको अनुसन्धान स्रोतहरूले बताएका छन। एक्स्पो स्थलमा प्रवेश गर्दा २० देखि २२ वर्ष उमेरका तीन विद्यार्थीहरूले १२ देखि १७ वर्ष उमेरकाहरूका लागि जुनियर टिकटहरू प्रस्तुत गरेको आशंका गरिएको छ । जुन नियमित वयस्क टिकटहरू भन्दा सस्तो छ अनुसन्धान स्रोतहरूले भने। ती तीन जनामाथि सामानहरू पुन: बेच्ने उद्देश्यले पसलबाट सामान चोरेको… पुरा पढौ

बागलुङमा रोपाइँ पनि ठेक्कामा

काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । गाउँको एक हजार ५ सय रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २ सय ६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १ सय ८० रोपनीमा रोपाइँ गरेर छ लाख १७… पुरा पढौ

BJN International Hamamatsu द्वारा आयोजित “तीज धमाका जापान २०२५” – तयारी अन्तिम चरणमा

BJN International Hamamatsu ले आयोजना गर्न लागेको बहुप्रतिक्षित सांस्कृतिक कार्यक्रम “तीज धमाका जापान २०२५” को तयारी अन्तिम चरणमा पुगेको छ।कार्यक्रमको श्रृंखला अगस्ट १९ मा गुम्मा केनको मायाबाशी बाट सुरु भई, २१ मा ओसाका, २२ मा हामामाचु, २३ मा नाकानो जिरो हल टोक्यो, २४ मा शिवा पार्क टोक्यो, र २६ मा नुमाजु मा सम्पन्न हुँदै समापन हुनेछ।यस सांगीतिक यात्रामा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, र नारायणी खत्री ले आ-आफ्ना दमदार प्रस्तुति दिनेछन्।BJN International का प्रबन्ध निर्देशक बिशाल शर्मा का अनुसार,… पुरा पढौ