
BJN International Hamamatsu ले आयोजना गर्न लागेको बहुप्रतिक्षित सांस्कृतिक कार्यक्रम “तीज धमाका जापान २०२५” को तयारी अन्तिम चरणमा पुगेको छ।
कार्यक्रमको श्रृंखला अगस्ट १९ मा गुम्मा केनको मायाबाशी बाट सुरु भई, २१ मा ओसाका, २२ मा हामामाचु, २३ मा नाकानो जिरो हल टोक्यो, २४ मा शिवा पार्क टोक्यो, र २६ मा नुमाजु मा सम्पन्न हुँदै समापन हुनेछ।
यस सांगीतिक यात्रामा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, र नारायणी खत्री ले आ-आफ्ना दमदार प्रस्तुति दिनेछन्।
BJN International का प्रबन्ध निर्देशक बिशाल शर्मा का अनुसार, “देशको कला–संस्कृति संरक्षण गर्दै, परदेशमा रहेका दिदीबहिनीहरूलाई दुख–पिडा बिर्सेर गीत–संगीत र नृत्यसँगै तीज पर्वको आनंद दिलाउने उद्देश्यले” यो कार्यक्रमको आयोजना गरिएको हो।
सम्पर्कमा रहेका सबै व्यक्ति तथा संघ–संस्थाहरूलाई निमन्त्रणा पठाइसकिएको र कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको कलाकार संयोजक दिपक के. सी. र कार्यक्रम संयोजक जीवन क्षेत्री ले जनाएका छन्।
कार्यक्रमको टाइटल स्पोन्सरमा Yehey Remit, इभेन्ट पार्टनरमा नमस्ते रेस्टुरेन्ट एन्ड बार, फुड पार्टनरमा DG Japan र MK Enterprises, डिजाईन पार्टनरमा गौरव आर्ट्स काठमाडौं, र मिडिया पार्टनरमा जनहित न्यूज लगायतका अनलाइन मिडिया रहेका छन्।
कार्यक्रम निर्देशक नारायण सापकोटा का अनुसार, यस्ता कार्यक्रमहरूले नेपाली कला–संस्कृति जापानी समाजमा परिचित गराउनुका साथै समुदायबीचको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउनेछन्।



