समाज

मुसिकोटमा गलकोट च्याम्पियन

गलकोट नगरपालिका प्रथम मुसिकोट मेयर रनिङ कप– २०८० अन्तर स्थानीय तह स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शनिवार सम्पन्न भएको उपाधि प्रतिस्प्रर्धामा निसिखोला गाँउपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको हो ।पहिलो सेट २५– १९, ले गुमाएको गलकोट नगरपालिकाले दोस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गदैं २५–१६ ले जित निकालेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२१ मा जित निकालेको गलकोटबिरुद्ध चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै निसिखोला गाँउपालिकाले २५–२१ ले जित… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

जाजरकोटमा ९ हजार ७ सय घर पूरै भत्किए, ६७ हजार स्थानीय विस्थापित

गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। जिल्लाका सातवटा स्थानीय तहमा भूकम्पले ठूलो क्षति गरेको हो।गत शुक्रबार ९कात्तिक १७० गते राति ११ः४७ बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका प्रभावित सात तहमा सबैभन्दा बढी भेरी नगरपालिकामा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक… पुरा पढौ

यस वर्षको भाइटीकाको साइत नेपाल र विदेशमा कति बेला? जापानमा भने १०: ४५ बजे

यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ । त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।  यस… पुरा पढौ

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, त्यसको अर्थ के?

नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।  त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।  तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ।  चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य… पुरा पढौ

गुमनाम ‘लुकेको हीरा’ अर्थात ‘गुरिल्ला ट्रेकु‘

 पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उहाँले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो । गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्कनुभएका उहाँले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मार्नुभएको थियो । “बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ”, २९ वर्षीय गुरुङले भन्नुभयो, “अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तलेभन्दा बढी कति ?

नेपालमा बनाइएका घरहरूमध्ये सबैभन्दा बढी एकतले रहेका पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकानुसार नेपालभरका कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेका पाइएको हो । दोस्रो धेरैमा दुईतले २८.७८ प्रतिशत, तेस्रोमा तीनतले ९.१७ प्रतिशत, चौथोमा चारतले १.३ प्रतिशत, पाँचौँमा पाँचदेखि साततले ०.६४ प्रतिशत, छैटौँमा आठदेखि नौतले ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरू ०.००३ प्रतिशत रहेका देखिएको छ । तथ्यांकानुसार मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा… पुरा पढौ

कोजाग्रत पूर्णिमा मनाएर बडादशैँ सम्पन्न हुँदै, आजै खण्डग्रास चन्द्रग्रहण

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।   शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको… पुरा पढौ

जापानको सर्वोच्च अदालतद्वारा लिङ्ग बदल्न शल्यक्रिया गर्नुपर्ने नियम असंवैधानिक ठहर

प्रजनन क्षमता गुमाउने गरी शल्यक्रिया गर्नुपर्ने नियमलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ। सन् २००४ मा लागु भएको एक कानुनअनुसार प्रजनन क्षमता नभएका मानिसहरू मात्र आफ्नो लिङ्ग बदलेर पारलैङ्गिक बन्न सक्थे।  तर एक पारलैङ्गिक महिलाले अदालतमा दायर गरेको निवेदनमा त्यस कानुनलाई चुनौती दिइएको थियो। अदालतले त्यस निवेदनको सुनुवाइ गर्दै बुधवार फैसला गरेको हो। मानवअधिकारवादी संस्था ह्यूमन राइट्स वाचले पनि उक्त कानुनलाई "दुर्व्यवहारकारी र म्याद सकिएको" भनेको थियो। पुरानो फैसला सच्याइयो सोही अदालतले सन् २०१९ मा उक्त कानुन संवैधानिक नै… पुरा पढौ