मानिसको परिचय उसको बोलीचालीबाट स्पष्ट हुन्छ । उसको संस्कार र उ कस्तो परिवेशबाट हुर्के बढेर आयो, उसले प्रयोग गर्ने शब्दहरूले उसको पहिचान बनाएको हुन्छ । हामी चलनचल्तीमा थाहा नै नपाईकन कति मिठा र गुनिला अनि आदरभाव प्रकट हुने शब्दको प्रयोग गरिरहेका हुन्छौ-अनि समाजमा चिनेजानेका मान्यजनहरूले “आहा-यसको उसको छोरा/छोरी” कति राम्रो, कस्तो राम्रो संस्कारमा हुर्के बढेको भनेर जस, इज्जत सम्मान र सामाजिक प्रतिष्ठा दिन्छन् । उ एक जनाको मात्र कहाँ हो र सँगसँगै उसको अभिभावकको मान सम्मान अभिमान उचो हुन्छ ।
जसरी हामी नेपालमा अभिवादन, नमस्कार, भागिया, दर्शन, ढोग दिया जस्ताको प्रयोग गरेर दुई हात जोडेर वा आधा शरिर झुकाएर अभिवादन गर्छौ । एवंरितले जापानमा प्रयोग गरिने शब्दको चर्चा गर्न मन लाग्यो ।
हुन त म कामको दौडानमा १००० भन्दा बढीसँग प्रत्यक्ष जोडिए हुला । सबैसँगको साझा अपेक्षा भनेको नै अभिवादन सजिलो गरी गर्न सकुन्, सहयोगका लागि धन्यवाद अर्पण गर्न सकुन भन्ने हो । तथापि, नेपाली भाई बहिनीहरूबाट केहि नगन्य बाहेक अपेक्षित रूपमा यस्तो प्रकारको व्यवहार नहुदाँ/नपाउँदा वा नदेख्दा समाजमा कस्तो संस्कार र परम्परासँगै जनविकास भइरहेको छ भनेर सोच्न चाहि थोरै भए पनि बाध्य बनाउने रहेछ ।
जापान बसाईको अनुभवलाई समेटेर कसरी अभिवादन र धन्यवाद अनि सरल र शिष्टाचार पूर्ण व्यवहार र बोलीचाली गर्ने भन्ने विषय सिकाईको रूपमा राख्ने कोशिस गरेको छु । व्यवहारिक जिवनमा यसको प्रयोग गर्दा अति उत्तम हुन्छ भन्ने मेरो निजि बुझाई हो ।
जापानी भाषामा अभिवादन 🙏
जापानी भाषामा अभिवादन गर्न धेरै शब्दहरू प्रयोग गरिन्छ, जुन समय, परिस्थिति र व्यक्तिको सम्बन्धमा निर्भर गर्दछ। यहाँ केही सामान्य अभिवादन शब्दहरू यस प्रकार छन् ।
बिहानको अभिवादनलाई – औपचारिक रूपमा おはようございます (Ohayou gozaimasu): “सुप्रभात”। साथीहरू वा परिवारका लागि अनौपचारिक रूपमा सिधा तरिकाले おはよう (Ohayou): “सुप्रभात” भनिन्छ । दिउँसोको अभिवादनलाईこんにちは (Konnichiwa): “नमस्ते”। यो सामान्य रूपमा दिउँसोको समयको अभिवादन हो।
साँझ こんばんは (Konbanwa): “सुसन्ध्या”। एवंरितले राति औपचारिक रूपमा おやすみなさい (Oyasuminasai): “शुभरात्रि”। र, अनौपचारिक रूपमा おやすみ (Oyasumi): “शुभरात्रि”।
धन्यवाद र क्षमायाचनामा अभिवादन
ありがとうございます (Arigatou gozaimasu): “धन्यवाद”।
すみません (Sumimasen): यो शब्द आफैमा पनि धन्यवादका भावार्थ दिदै “माफ गर्नुहोस्” पनि भन्ने सन्दर्भमा प्रयोग गरिन्छ ।
बिदाइ अभिवादन
- さようなら (Sayounara): “बिदाई” वा “गुडबाई”।
- じゃあね (Jaane): “बाइ-बाइ”। (अनौपचारिक)
- またね (Matane): “पुनः भेटौंला”।
यी शब्दहरू समय, स्थान, र सम्बन्ध अनुसार प्रयोग गर्दा उचित हुन्छ।
शिष्टाचारपूर्ण धन्यवाद एवं आभार व्यक्त कसरी गर्ने;
जापानी भाषामा धन्यवाद व्यक्त गर्न र त्यसको प्रतिउत्तर दिन धेरै शिष्टाचारपूर्ण शब्दहरू प्रयोग गरिन्छ। यहाँ धन्यवाद र त्यसका आदरयुक्त प्रतिउत्तरका केही उदाहरण पेश गर्न चाहे ।
धन्यवादका शिष्टाचारपूर्ण शब्दहरू:
- ありがとうございます (Arigatou gozaimasu)
• “धन्यवाद” (औपचारिक र आदरयुक्त)।
• प्रयोग: जब कसैलाई सम्मान दिनुपर्छ या औपचारिक अवस्था हो। - ありがとう (Arigatou)
• “धन्यवाद” (अनौपचारिक)।
• प्रयोग: साथी, परिवार वा जानपहिचान भएका व्यक्तिहरूसँग। - どうもありがとうございます (Doumo arigatou gozaimasu)
• “धेरै धेरै धन्यवाद”।
• प्रयोग: धेरै ठूलो कृतज्ञता व्यक्त गर्दा। - どうも (Doumo)
• “धन्यवाद” (साबिक शब्दको छोटकरीमा)।
• प्रयोग: छोटकरीमा धन्यवाद व्यक्त गर्दा। - 感謝します (Kansha shimasu)
• “म आभारी छु”।
• प्रयोग: गहिरो कृतज्ञता व्यक्त गर्न, सामान्यतः औपचारिक लेखनमा।
धन्यवादको प्रतिउत्तरका आदरपूर्ण शब्दहरू:
- どういたしまして (Dou itashimashite)
• “स्वागत छ”।
• प्रयोग: सामान्य औपचारिक प्रतिउत्तर। - いいえ、どういたしまして (Iie, dou itashimashite)
• “होइन, स्वागत छ”।
• प्रयोग: अधिक औपचारिकता दर्शाउन। - とんでもないです (Tondemo nai desu)
• “यो सामान्य कुरा हो”।
• प्रयोग: विनम्रतापूर्वक भनिएको जब तपाईंले धन्यवादको लागि
विशेष ध्यान दिनु पर्दैन भन्ने भाव व्यक्त गर्न। - いえいえ (Ie ie)
• “कुनै कुरा छैन”।
• प्रयोग: अनौपचारिक प्रतिउत्तर। - こちらこそありがとうございます (Kochira koso arigatou gozaimasu)
• “म नै धन्यवाद दिन चाहन्छु”।
• प्रयोग: धन्यवाद फर्काएर विनम्रता प्रकट गर्न।
अनौपचारिक धन्यवाद र प्रतिउत्तर:
• ありがとう (Arigatou) – “धन्यवाद”।
うん、どういたしまして (Un, dou itashimashite) – “हो, स्वागत छ।”
• どうも (Doumo) – “धन्यवाद”।
いえいえ (Ie ie) – “कुनै कुरा छैन।”
ध्यान दिनुहोस्, जापानी भाषामा धन्यवाद र यसको प्रतिउत्तरमा विनम्रता र आदरले ठूलो महत्व राख्छ। सम्बन्ध र परिस्थिति अनुसार शब्द चयन गर्नु राम्रो हुन्छ।
शिष्टाचारपूर्ण क्षमायाचना कसरी गर्ने;
जापानी भाषामा शिष्टाचारपूर्ण क्षमायाचनाको लागि विभिन्न शब्द र वाक्यांशहरू प्रयोग गरिन्छ, जसले गल्ती स्वीकार गर्दै आदर र विनम्रता प्रकट गर्छ। यहाँ केही सामान्य र शिष्टाचारयुक्त क्षमायाचनाका शब्दहरू र तिनका प्रयोगहरूका सन्दर्भमा विचार राख्न चाहे ।
शिष्टाचारपूर्ण क्षमायाचनाका शब्दहरू:
- すみません (Sumimasen) “माफ गर्नुहोस्” वा “मलाई क्षमा गर्नुहोस्”।
• यो शब्दको प्रयोग आफू प्रति ध्यानाकर्षण गर्न, र गल्ती स्वीकार
गरेको महशुस गरेको भाव व्यक्त गर्छ ।
• धन्यवाद व्यक्त गर्दा (धेरै औपचारिक अवस्थामा)।
• जस्तै उदाहरणको रूपमा すみません、遅れました。
(Sumimasen, okuremashita.) – “माफ गर्नुहोस्, म ढिलो भएँ।” - 申し訳ありません (Moushiwake arimasen)
• “म गहिरो क्षमाप्रार्थी छु।”
• प्रयोग सन्दर्भ औपचारिक परिस्थिति-गल्ती स्वीकार गर्दा।
• जस्तै उदाहरण: 申し訳ありませんでした。
(Moushiwake arimasen deshita.) – “म क्षमायाचना गर्दछु।” - ごめんなさい (Gomen nasai)
• “माफी चाहन्छु”।
• प्रयोग सन्दर्भ अनौपचारिक वा हल्का क्षमायाचनाको लागि।
जस्तै ごめんなさい、忘れていました。
(Gomen nasai, wasurete imashita.) – “माफी चाहन्छु, मैले बिर्सें।” - ごめん (Gomen)
• “माफ गर”।
• प्रयोग सन्दर्भ नजिकका साथी वा परिवारसँग। - 恐れ入ります (Osore irimasu)
• “मलाई क्षमा गर्नुहोस्” (विनम्रतापूर्वक)।
• प्रयोग सन्दर्भ औपचारिक अवस्थामा-ध्यानाकर्षण गर्दा वा सहयोग अनुरोध गर्दा।
विविध क्षमायाचनाका वाक्यांशहरू:
- 失礼しました (Shitsurei shimashita)
• “म असभ्य भएँ, माफी चाहन्छु।”
• प्रयोग सन्दर्भ औपचारिक रूपमा हल्का गल्ती स्वीकार गर्दा। - お詫び申し上げます (O’wabi moushiagemasu)
• “म गहिरो क्षमायाचना गर्दछु।”
• प्रयोग सन्दर्भ व्यावसायिक वा अत्यधिक औपचारिक परिस्थितिमा। - ご迷惑をおかけしました (Go meiwaku o okake shimashita)
• “तपाईंलाई असुविधा भयो, माफी चाहन्छु।”
• प्रयोग सन्दर्भ जब कसैलाई असुविधा भएको हो। - 許してください (Yurushite kudasai)
• “कृपया मलाई माफ गर्नुहोस्।”
• प्रयोग सन्दर्भ जब गहिरो माफी माग्नुपर्छ।
अनौपचारिक क्षमायाचना:
• ごめんね (Gomen ne) – “माफ गर है।”
• 悪かったね (Warukatta ne) – “मेरो गल्ती भयो है।”
शिष्टाचारको महत्त्व:
जापानी संस्कृतिमा क्षमायाचनाको शब्दको सही चयनले सम्बन्धमा आदर र नम्रता झल्काउँछ। परिस्थिति अनुसार शब्द प्रयोग गर्दा कुराकानी अझ प्रभावकारी र सम्मानजनक हुन्छ।
बाँकी धन्यवाद 🙏 आभार र कृतज्ञता व्यक्त गर्ने शब्दहरू पुनः समेट्ने छु ।
यी माथीका शब्दहरू के हामीले प्रयोग गरिरहेका हुन्छौ त ! शब्दहरू सामान्य छन्, हामीलाई लाग्दो हो, हामीले प्रयोग गरिरहेका छौं तर पनि घोत्लिएर आफैलाई नियाल्ने गरौं-हाम्रो दैनिक व्यवहार यी शब्दहरूको प्रयोग नगर्ने गरेको हामी भेट्छौ । हामी आफूलाई ऐना हेरे जस्तो छर्लंग पाउँछौ-हामी कति सभ्य छौं । हामीलाई रोजगारीको अवसर दिएको यो जापानिज समाजले हामीलाई कसरी मूल्यांकन गरेको होला-पक्कै सोच्न बाध्य बनाउने छ ।
हामी आफूलाई पाउँने छौ-हाम्रो दैनिक चाल चलन यस्तो शिष्टाचारपूर्ण व्यवहारबाट कोशौ दुर टाढा भएको ।
दैनिक व्यवहारमा लागु गर्न शुरू गरौं त पक्कै पनि हाम्रो मुहारमा उज्यालोभाव (Gloryness) झल्किन्छ । पक्कै पनि सुखानुभूति हुन्छ । अनुहारको रंग कालो गोरो खैरो महत्व राख्दैन-राम्रो उसको बोली र व्यवहारले स्पष्ट गर्छ
हो, आजैबाट शुरू गरौं, यस्ता शब्दहरूको प्रयोगमा आफूलाई अभ्यस्त बनाउँ ।
(कति फुर्सद हो कति महात्मा बन्नु परेको भन्ने बुझाई बन्ला -just weekend off day को भरपूर सदुपयोग गरेको हो हैं)