
जापानमा सबैले भन्ने चर्चित वाक्याश हो ‘जापान गलकोटेहरूले खाए ’।अंग्रेजी नयाँवर्षको स्वागतसँगै ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी’ सहयोगार्थ ‘ जापानका मुख्य चार शहरमा आयोजना गरिएको ‘सॉंगीतिक धमाका-२०२५’ मा देखिएको देखियो उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो ।
बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेका गलकोटे नेपालीहरूको जापानमा बाक्लो उपस्थिति रहेको र तिनै गलकोटेहरूद्वारा सन् २००६ मा स्थापित संस्था गलकोट समाज जापानले सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप गर्न आर्थिक संकलनका लागि गरिने कार्यक्रमका शिलाशिलामा यस वर्ष गरिएको ‘सॉंगीतिक धमाका-२०२५’मा जापानबासी नेपाली समुदायको उपस्थिति र सहभागिता उत्साहपूर्ण रहेको थियो ।
जापानको सिजुओका, ओसाका, नागोया र टोकियोका व्यावसायिक हलहरूमा उल्लेख दर्शकबीच नेपालबाट आमन्त्रित कलाकार वसन्त थापा, सुनिता बुढा क्षेत्री, नविन राना र सूर्य खड्काले आफ्नो गायकीको जादु चलाए । ‘सॉंगीतिक धमाका-२०२५’मा निस्केको गलकोट समाज जापानले ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी’ सहयोगार्थ ‘सांगीतिक कार्यक्रम’ समर्पित गरेको थियो ।

विगतमा पनि आफू जन्मेको माटोप्रति विभिन्न सामाजिक सेवाका कार्य गर्नका लागि यस्ता कार्यक्रम गर्दै आएको गलकोट समाज जापानले यस वर्ष अन्य वर्षभन्दा व्यवस्थित र योजनवद्द रूपमा सिजुओकामा पनि सफलतापूर्वक कार्यक्रम गरि गलकोटेसहित नेपाली मनहरुलाई जोड्दै भातृत्वको भावना विकास गराएर उदेश्य बमोजिमको कार्यमा हातमा हात मिलाउन मिलाऊँ सफल रहेको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले बताए।
जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी सहयोगार्थ जापानमा रहेका गलकोटेसहित नेपाली दाजुभाइ दिदिबहिनीलाई समाजद्वारा आयोजित सांगीतिक कार्यक्रममार्फत जोड्न पाएकोमा अध्यक्ष बस्नेतले खुशी व्यक्त गरे । जन्मभूमिमा सामाजिक उत्तदायित्वका लागि कार्य गर्ने अभियानमा जापानबासी नेपाली सबैले हातेमालो गरिदिनु भएकोमा उदेश्यलाई परिपूर्ति गर्न सहज भएको भाएको उनले बताए ।

“त्यस्तो सुन्दर ठाउँ गलकोटमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भन्दै कार्यक्रम संयोजक तथा गलकोट समाज जापानका उपाध्यक्ष लोकेश खत्रीले हरेकले नेपाली मनलाई आफू जन्मेकों माटोंप्रति कति माया र केहि गरौ गरौ भन्ने हुटहुटी हुदो रहेछ भन्ने प्रत्यक्ष साक्षी यस वर्ष गरिएको सांगीतिक धमकामार्फत देख्न पाएको बताए ।
जन्मभूमिमा सामाजिक सेवाका कार्य गर्न जापानमा रहेका विशेषतः गलकोटे मनलाई जोड्ने सेतुको कार्य गलकोट समाज जापानले गरेको र उक्त कार्यमा गलकोटेसहित जापानवासी नेपालीको उत्साहपूर्ण आर्थिक भौतिक र नैतिक साथ र सहयोग रहेको खत्रीले बताए ।

२० वर्षअघि जन्मेको गलकोट समाज जापानले जन्मभूमि गलकोट सहित देशव्यापी गरेका मानवीय सहयोग तथा सामाजिक सेवामा गरेका कार्यले प्रसिद्धि कमाएको हो । समाजले यसपालि डिसेम्बर ३० मा जापानको सिजुओकाबाट समाजका संरक्षक संयोजक नरबहादुर थापाद्वारा उद्घाटन गरेर सुरुवात गरिएको साँगीतिक धमाका अन्तर्गत सांगीतिक प्रस्तुति डिसेम्बर ३१ ओसाकामा कार्यक्रमका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले, जनवरी १ नागोयामा समाजका संरक्षक मोहन खत्रीले जनवरी २ टोकियोमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले समापन गरेका थिए ।

जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी सहयोग जुटाउने उद्देश्यले कार्यक्रम राखिएको महासचिब दिलिप कँडेलले बताए । गलकोटमा जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानीजा लागि ठुलो रकम लाग्ने र सो बजेट व्यवस्थापनका लागि विभिन्न सहयोगी मनहरू र व्यावसायिक संघ संस्था कम्पनीसँग सहकार्य र कलाकारहरूसहितको साङ्गीतिक अभियानको जुक्ति निकालेऔ, त्यसकै लागि आर्थिक संकलन अभियान नै संचालन गरेर र टिकट किनेर सयौँ दर्शकहरू साँगीतिक प्रस्तुति हेर्न पुगेको महासचिव कँडेलले बताए ।
पवित्र र गलकोट क्षेत्रको आवश्यकतामा आधारित सहयोगार्थका निम्ति गरिएको कार्यक्रममा मुख्य प्रायोजक अर्थात् इभेण्ट पार्टनरको रुपमा सुमेघ ग्रुप नेपाल, जापानमा क्रियाशील संघ संस्था, व्यवसायी एवम् व्यक्तिहरूले सहयोगका विभिन्न तहमा रहेर उत्साहपूर्वक आर्थिक सहयोग गरेको समाजका कोषाध्यक्ष तथा आर्थिक संयोजक महेन्द्र साहनीले बताए ।

गलकोट समाज जापानले विगतदेखि नै परोपकारी र पुण्य काम गर्दै आइरहेकोले हरेक नेपाली दाजुभाइ दिदिबहिनीले सहयोग र सहकार्य गर्न जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आग्रह गरे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले गलकोटको हरेक क्षेत्रमा सहयोग पुर्याउन आफू तयार रहेको र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन पनि लागि पर्ने बताए । समाजका संरक्षक परिषद्का संयोजक नरबहादुर थापाले सामाजिक सेवामा गलकोट समाज जापानको योगदान सराहनीय रहेको बताए ।

गलकोट क्षेत्रको सामाजिक सेवा तथा पर्यटन प्रवर्द्धनका निम्ति विकासका लागि र नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार भै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्याउने मुख्य उदेश्यका साथ सांगीतिक धमाका कार्यक्रमको सुरुवात गरिएको र सो कार्यक्रम सोचे अनुरूप सफल रहेको समाजका संरक्षक मोहन खत्रीले बताए ।

औपचारिक कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रत्नसिंह बस्नेत, संचालन महासचिव दिलिप कँडेल र लेखा तथा अनुशासन आयोग संयोजक खगराज गौतम, सचिव कुलाबिर थापा, विपिन खत्री र सल्लाहकार रामकृष्ण बम मल्लले स्वागत सिजुओकामा गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाका अध्यक्ष चित्र बुढाथोकी कार्यक्रको उद्देश्य सल्लाहकार कृष्ण केसी, ओसाकामा क्षेत्रीय अध्यक्ष नरबहादुर थापाले र उद्देश्य बारेमा समाजका उपाध्यक्ष रामप्रसाद गैरे गौरशंकर, नागोयामा क्षेत्रीय अध्यक्ष उद्धव पाण्डेले र उद्देश्य बारेमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, टोकियोमा क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाको बारेमा जानकारी र कार्यक्रमको औचित्यको बारेमा कार्यक्रम दिल बहादुर थापा रामुले जानकारी गराएका थिए ।

त्यसैगरि सांगीतिक कार्यक्रमको संचालन सिजुकोका र ओसाकामा कुलबिर थापा, नागोयामा खगराज गौतम र विपिन खत्री, टोकियोमा विपिन खत्री र रामकृष्ण बम मल्लले गरेका थिए ।

कार्यक्रममा मिडिया पार्टनर जनहित न्यूज डटकम, गलकोट अपडेट कार्यक्रमको इभेन्ट पार्टनर सुमेघ ग्रुप, को इभेन्ट पार्टनर रेसुङ्गा फुड एण्ड सर्भसिङ्ग, को अपरेटिभ पार्टनर प्राइम स्टाफ को अपरेटिभ, रेमिटान्स पार्टनर इ सेवा मनी ट्रान्सफर, एअर लाईन्स पार्टनर नेपाल एअर, टुर एण्ड ट्राभल्स पार्टनर ट्राभल्स इनकवारी, हस्पिटालिटि पार्टनर बेम्बो छे, एजुकेशन पार्टनर सुसुमु इन्टरनेशनल language Trenining Center प्रा लि, रहेका थिए । साथै हरेक क्षेत्रका क्षेत्रीय समितिले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको आयोजकले जानकारी दिएको छ ।
चार वटै शहर सम्पन्न कार्यक्रममा दर्शकहरुले लिएका प्रवेश टिकट हरुबाट मध्यबाट गरिएको लक्की ड्रबाट टिकट नम्बर ५१९ लाई भियतनाम घुम्ने प्याकेज परेको छ । उक्त प्याकेजको स्पोन्सर सुमेघ ग्रुप नेपालले गर्ने समाजले जनाएको छ।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संरक्षक परिषद्का संरक्षकहरु र अन्य विभिन्न कोणबाट सहयोग पुर्याउने व्यक्ति व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो। टोकियोमा घुम्टे नौमती पञ्चेबाजा समूहले समेत आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । भने जापानमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।