बालेनले फुटपाथबाट हटाएकी शर्मीलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने 

-


     जनहित न्युज    
     असाेज २९ गते २०७९


काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’

थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पीडादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो । धेरैले काठमाडौं महानगरको उक्त कदमको आलोचना गरेका थिए ।

सामाजिक सञ्जालहरूमा व्यापक आलोचित बनिरहेको काठमाडौं महानगरको उक्त कदमबारे साम्पाङले प्रतिक्रिया जनाउँदै तलब दिने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?