मुगुमा पहिराेमा पुरिएका आठमध्ये ५ जनाकाे शव फेला

-


     जनहित न्युज    
     असाेज २४ गते २०७९


मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

वडाध्यक्ष कुन्जुमा कुमाईंका अनुसार बेपत्ता हुनेमा ८२ वर्षीया माेरिकला बोहोरा, ६० वर्षीया हाजिरी भग्री, ३० वर्षीया होइजाली भग्री, १५ वर्षीया सुस्मिता भग्री, ३६ वर्षीय वीरबहादुर भग्री, २४ वर्षीय सत्ता सावत, २३ वर्षीय कृष्ण सावत र १५ वर्षीय चक्र बोहोरा रहेका छन् । उनीहरूमध्ये ५ जनाकाे शव भेटिको छ ।

उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?