बिहानै चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

-


     जनहित न्युज    
     भाद्र १४ गते २०७९


रौतहट – रौतहटमा चट्याङ लागेर एकै गाउँमा तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवि, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख डिएसपी रुपेश कुमार सिंहले जानकारी दिए । अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिए। 

चट्याङ लागेर एउटै गाउँको एकै पटक तीन जनाको मृत्यु हुँदा सिङ्गो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?