
वास्तविकता काम नभएको रेस्टुरेन्टमा काम गरेको भन्दै झुटो विवरण सहितको निवेदन दिएर बसोबासको हैसियत नविकरण गर्ने चार नेपाली दलाललाई जापान प्रहरीले पक्राउ गरेको छ ।
४३ वर्षीय बहादुर बुजेलसहित चार नेपालीले गत वर्ष झूटो विवरणसहितको निवेदन दिएर आवास नवीकरण गरेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जापान प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन ।
पक्राउ परेका दुई नेपालीलाई आफूले चिनेको रेस्टुरेन्टमा कर्मचारीका रूपमा अनुमति नलिई निवेदन दिएर बहादुरले बसाइको म्याद थप गरेको टोकियो महानगरीय प्रहरी विभागले जनाएको छ ।
बहादुरले SNS मा आवेदकहरूलाई दर्ता गर्ने गरेर गत वर्ष मात्र उनले प्रत्येक व्यक्तिले लगभग २ लाख येन लिइ १०० भन्दा बढी व्यक्तिहरूको लागि आवेदन गरेको पाईएको बताईएको छ ।
पक्राउ परेका बहादुरले सोही विधिबाट करिब २ करोड येन आम्दानी गरेको भन्ने बारेमा महानगरीय प्रहरी विभागले अनुसन्धान गरिरहेको छ ।
बुझिए अनुसार पक्राउ पर्ने मध्यका एक नेपालीको नाम एल बहादुर भुजेल रहेको बताईएको छ ।



