बागलुङमा २ हजार ७ सय एम्पुलको लागुऔसत सहित ४ जना पक्राउ

-


     जनहित न्युज    
     असार २० गते २०७९


बुटवलबाट बागलुङ तर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको यात्रुबाहक बसबाट ३ प्रकारका २ हजार ७ सय ४६ एम्पुल लागू औषधसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना इन्द्रबहादुर रानाका अनुसार विशेष सुराकीको आधारमा खटिएका प्रहरीको टोलीले आइतबार दिउसो बागलुङ बजारको चिप्लेटी बसपार्कबाट पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीका ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ९०५ फेर्नागन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि २ हजार ७ सय ४६ एम्पुल लागु औषधसहित पक्राउ गरिएको रानाले बताए ।

पक्राउ परेका ४ उपर २० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

आइतबार बरामद भएको लागू औषधको परिमाण हेर्दा बागलुङ बजार लागू औषध प्रयोगकर्ताको लागि हव बन्दै गरेको र यो प्रहरीकै लागि चुनौतीपूर्ण विषय बनेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?