
टोकियोमा चलिरहेको रेलमा सहयात्रीलाई कुटपिट र लात्तीले हानेको आरोपमा जापानी अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई शुक्रबार पक्राउ गरिएको छ ।
५६ वर्षीय ‘नीति योजना र समन्वय‘ हेर्ने उपमन्त्री हेइहाचिरो ओनोले शुक्रबार बिहान यात्रुलाई लात्तीले हान्दै कुटपिट गरेको घटनाको लिएर पक्राउ गरिएको जापानी समाचार माध्यमले जनाएका छन । ओनोले भने घटनाको बारेमा कुनै सम्झना नभएको बताएका छन । समाचार स्रोतका अनुसार उनी रक्सीले मातेको थिए ।
टोकियोको शिबुया स्टेसन र नजिकको कानागावा प्रान्तको चुओ-रिङ्कन स्टेशनलाई जोड्ने टोक्यु देनेन्तोशी लाइनमा गुडिरहेको ट्रेनमा उक्त घटना भएको हो।ओनोलाई टोकियोको साकुरा-शिम्माची स्टेसनको टिकट गेट नजिकै आपतकालीन बेलको प्रयोग गरि त्यहाका अधिकारीहरूले पक्राउ गरेका थिए।
सन् १९८९ मा मन्त्रालयमा प्रवेश गरेपछि ओनोलाई बजेट ब्यूरोका निर्देशकलगायत प्रमुख पदहरूमा नियुक्त गरिएको थियो जसले मन्त्रालयका उप-अर्थमन्त्रीको रूपमा शीर्ष पदका रहेर काम गर्ने ज़िम्मेवारी रहेको हुन्छ ।
उनले गत वर्ष जुलाईमा बैंक अफ जापानसँग नीतिगत समन्वयको जिम्मेवारी सम्हालेका थिए ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले शुक्रबार गरेको पत्रकार सम्मेलनमा यस मुद्दामा टिप्पणी गर्न अस्वीकार गरे, जबकि अर्थ मन्त्रालयले “तथ्य पुष्टि गरिरहेको छ” उनले भने।



