
बागलुङ जिल्ला काठेखोला गाउॅंपालिका वार्ड न ५ बिहुं घर भै हाल जापानको ओसाकामा कुक पेशामा कार्यरत ३१ वर्षीय सालिकराम कॅंडेलको बिहिबार मृत्यु भएको छ ।
ओसाका स्थित आमागाशि शहरमा आफु बस्दै आएका कंडेलको शव निज कै कोठाको भान्छाकोठामा कम्प्युटरमा प्रयोग हुने तारले घाँटीमा पासो लगाइ झुन्डिएको अवस्थामा भेटिएको मृतकका भिनाजु भुवन सापकोटाले जानकारी दिए।
एक वर्ष अघिमात्र जापानमा आएका मृतक कॅंडेलकी श्रीमती बिष्णु कॅंडेल एक महिना अघि मात्र जापान आएकी थिइन। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारे खुलेको छैन। मृतकका १ छोरी र १ छोरा नेपालमा हजुरआमा संगै बस्दै आएका छन।
मृतक कंडेलको मे २१ तारिक अर्थात् शनिबार जापान मै अन्त्यष्टि गरिने आफन्तले जानकारी दिए ।



