गण्डकी बन्यो च्याम्पियन, जित्यो ५ लाख

-


     घनश्याम गौतम    
     असाेज २२ गते २०८०


गण्डकी प्रदेश भलिबल संघ वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै नगद ५ लाख प्राप्त गरेको छ ।
काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको उपाधि प्रतिस्प्रर्धामा नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो ।

पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेटामा कमजोर प्रर्दशनका साथ १७–२५ ले नै गुमाएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले २५–२१ र चौथो सेटमा सुरुवात देखि नै अग्रता लिदै गण्डकीले २५–२२ ले जित्दै च्याम्पियन बन्न सफल भयको हो ।
गण्डकी प्रदेशले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

गण्डकी प्रदेश पछिल्लो समय भलिबलमा आफ्नो दबदवा जमाउन सफल भएको छ । गण्डकी प्रदेश तीन साता अघि पोखरामा भएको लामाचौर कप भलिबल प्रतियोगितामा पनि पुलिसलाई हराउदै च्याम्पियन बनेको थियो ।

आजै सम्पन्न नेपाल एपिएफ क्लबलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गर्दै धौलागिरी रेष्टुरेन्ट ओसाका जापानले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको ओसाका जापानले १ लाख र चौथो भएको एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?