रवि सर्वोत्कृष्ट खेलाडी

-


     घनश्याम गौतम     
     असाेज २२ गते २०८०


च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन ।

गण्डकीलाई वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको उपाधि प्रतिस्प्रर्धामा नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको थियो ।
प्रतियोगितामा बिधाधगत तर्फ उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका किरण गुरौं, उत्कृष्ट ब्लकर नेपाल पुलिसका द्धारिका थापा, उदयमाान खेलाडी गण्डकीका सरोज बर्देवा, उत्कृष्ट सेटर नेपाल पुलिसका बलराम गुरुङ, उत्कृष्ट डिफेन्डर गण्डकीका कुन्जन साही र धौलागिरि रेष्टुरेण्ट ओसाका जापानका समिर चौधरी उत्कृष्ट सर्भर बन्दै जनहि ५ हजार प्राप्त गर्न सफल भए ।

त्यस्तै प्रतियोगिता उत्कृष्ट कोच बन्दै गण्डकीका कोच रमेश केसीले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । पहिलो, तेस्रो र चौथो सेट क्रमश २५–१७, २५–२१, २५–२२ ले जित्दै गण्डकी च्याम्पियन बन्न सफल भएको थियो ।

नेपाल पुलिसले दोस्रो सेटामा २५–१७ ले नै जित निकालेपनि अन्य सेटमा जित हासिल गर्न सकेन् ।गण्डकी प्रदेशले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । धौलागिरी रेष्टुरेन्ट ओसाका जापानले तेस्रो हुदै १ लाख र चौथो भएको एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?