काभा भलिबल : नेपालको विजयी सुरुवात

-


     घनश्याम गौतम    
     असाेज २२ गते २०८०


काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा नेपाली राष्ट्रिय भलिबल टोलीले विजयी सुरुवात गरेको छ ।
श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ ।

पहिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले २५–२३ ले र चौथो सेटमा २५–२१ ले जित निकालेको हो ।

६ टोलीको सहभागितामा राउन्ड रोविन लिगका आधारमा हुने च्यालेन्ज कपको अंक तालिकामा शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल मंगलबार श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तान सँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?