बालिकामाथि अभद्र व्यवहार गर्ने जापानका चर्चित टिकटकरलाई प्रहरीले पक्राउ गर्यो

-


     जनहित न्युज    
     जेठ २२ गते २०७९


नागोया-१६ वर्षीय आफ़नो फलोवरलाई अभद्र व्यवहार गरेको आरोपमा जापान प्रहरीले दुई जना टिकटकरलाई पक्राउ गरेको छ।
आइची प्रान्तीय प्रहरीले प्रान्तको बाल संरक्षण र पालनपोषण क़ानून उल्लङ्घन गरेको आरोपमा घर व्यवसाय मालिक २४ वर्षीय युमा हमाडा र २० वर्षीय सोतारो ओजिमालाई शनिबार पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका संदिग्ध व्यक्तिसँग लोकप्रिय TikTok एकाउण्टहरू थिए जसबाट उनीहरूले महिनामा सयौं हजार येन (धेरै हजार डलर) कमाउँथे। दुवैले आफूमाथि लागेको आरोपलाई स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीसंगको बयानमा आफूहरू टिकटकमा चर्चित रहेकोले आफ्नो यौन इच्छा पूरा गर्ने प्रयास स्वरूप धेरै चोटि ती फलोवर केटीसँग अभद्र व्यवहार गरेको बताएको प्रहरिले बताएको छ । संदिग्धहरूले अन्य थप अपराध गरेको विश्वासका कारण प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीहरुले १८ वर्षभन्दा कम उमेरको थाहा पाएर पनि गत जुन ३ मा नागोयाको नाका वार्डस्थित एक होटलमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोप छ ।
प्रिफेक्चुरल प्रहरीको नाका प्रहरी चौकीका अनुसार पीडितले दुवै संदिग्धको टिकटक एकाउन्ट फलो गरेकी थिइन् र हमादाबाट जुन ३ मा “म आज खेल्न चाहन्छु।” भन्ने सन्देश पठाएपछि ओजिमा र हमादा दुवैजना केटीलाई पर्खिरहेका थिए। संदिग्धहरूले युवतीलाई होटेलमा लगेपछि ती युवतीले प्रहरीलाई आकस्मिक फोन गरेपछि घटना बाहिर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?