खोटाङका सजिन्द्र प्रधानको जापानमा उपचारका क्रममा निधन, शव नेपाल पठाउने तयारी

-


     जनहित न्युज    
     जेठ १० गते २०७९


खोटाङ जिल्ला सिम्पानी -२ निवासी हाल जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ सजिन्द्र प्रधानको मृत्यु भएको छ ।
एक हप्ता अघि आफ्नै कोठामा सुतेको अवस्थामा स्वास प्रस्वासमा समस्या देखिए पछि अस्पताल लगिएको र उपचार कै क्रममा प्रधानको मंगलबार बिहान ७:३० बजे निधन भएको भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिए ।


विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाल हाकेन कम्पनीमा कार्यरत मृतक प्रधान श्रीमति भावना नेपालसंगै जापानमा बसदै आएका थिए । नेपालमा बुवाआमासहितको परिवार रहेको र उनीहरूको आग्रहमा प्रधानको पार्थिब शरीरलाइ नेपाल पठाउन दिन गरेको आग्रह अनुसार सम्पूर्ण ब्यबस्था मिलाई रहेको र केहिदिन भित्रमा नै नेपाल पठाईने जानकारी एनआरएनए आइसिसि सदस्य कार्कीले दिए ।

“एक हप्ता अघि घरमै सुतेको बेला स्वास प्रस्वासमा समस्या आइ बिरामी परेको जानकारी पाउना साथ भाइलाई अस्पताल लगेका थियौ” कार्कीले भने-उपचार कै क्रममा उनलाई आज अस्पतालले मृत घोषणा गरेको र परिवारको आग्रहमा आवश्यक प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउने तयारी भैरहेको छ ।
उनको उपचारको क्रममा र शव नेपाल पठाउन एनआरएनए जापान र नागोया क्षेत्रीय समितिले महत्वपूर्ण सहयोग गरेको कार्कीले बताए । आर्थिक संकलनको लागि परिवारसँगको छलफलमा गरिने र त्यसका लागि एनआरएनए जापान नागोया क्षेत्रीय समितिले पहल गरिरहेको बताईएको छ । (यस अघि तयार पारिएको समाचारमा शवलाई नेपाल पठाउने तयारी हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सम्पादक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?