गलकोट समाज पोखराले बनाउन सुरु गर्यो ’समाजघर’

-


     जनहित न्युज    
     जेठ २३ गते २०७९


गलकोट समाज पोखराले एक कार्यक्रम बिच आफ्नो समाजघर निर्माणका लागि जगपुजा( शिलान्यास) सम्पन्न गरेको छ ।
पोखराको केन्द्र भाग पर्ने १४ चाउथे रातडांडामा समाजले हालै खरिद गरेको करिव ११ आना जग्गामा स्पोर्ट्स सेन्टर सहितको समाजघर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ गरेको हो ।

बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोड लगानीमा सो समाजघर बनाउन थालेको हो ।
शिलान्यासका लागि घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी,गाजादहको माटो
र ताराखोलाको फ़ुल जगमा राखेर शिल्यास गरेको हो । कार्यक्रम स्वर्गिय गुमानसिं थापाको सम्झनामा वहाको छोरा राजन र निराजनको बिशेष उपस्थिति र वहाको हजुरआमा ८८ बर्षिय मनकुमारी थापाले जगस्थापना गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अन्तरार्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा,बिशेष सल्लाहाकार मोहनचन्द राजन, निवर्तमान अध्यक्ष मीनबहादुर खत्री, पुर्व अध्यक्ष हिरा बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शिलान्यास कार्यक्रमका संचालन समाजका महासचिव तुलचन्द्र खिम थापा र अध्यक्षता समाजका अध्यक्ष खडकबहादुर थापाको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?