
जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।
२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।
जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो सबैभन्दा कम संख्या हो। अघिल्लो वर्षको तुलनामा २९ हजार २३१ कम शिशुको जन्म भएको छ ।
गत वर्ष जापानमा मृत्यु हुनेको संख्या १४ लाख ३९ हजार ८०९ रहेको थियो ।मृत्यु र शिशुको जन्मदरलाई हेर्दा कुल जनसंख्यामा ६ लाख २८ हजार २०५ को कमी आएको देखिन्छ ।
जापानमा समग्र प्रजनन दर एक महिलाले उसको जीवनकालको प्रजनन अवस्थामा जन्मेका बच्चाहरूको औसत संख्या लगातार छैटौं वर्षमा झरेर १.३ मा पुगेको छ । विश्वमा सबैभन्दा छिटो बुढ्यौली हुने देशको जनसङ्ख्याहरू मध्ये जापान अग्र स्थानमा रहेको छ । कोरोनाको महामारी रोक्नको लागि गरिएको देशको बन्द सीमानाहरूले पनि कार्यबलमा संकुचनलाई छिटो यस्तो अवस्था रहेको हुनसक्ने आकलन बिज्ञहरूले गरेका छन ।
जापानमा घट्दो जन्मदर एक प्रमुख समस्याको रूपमा रहदै आएको तथ्यलाई यो तथ्यांकले झन बल पुर्याएको छ ।



