नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा

- टाउकोमा चोट, अवस्था ‘खतरामुक्त’

-


     जनहित न्युज    
     जेठ १३ गते २०७९


भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार दिउँसो उनी चढेको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको छ ।

प्रहरी स्रोतका अनुसार उनी चढेको गाडीको टायर पन्चर हुँदा दुर्घटनामा परेको हो ।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ ।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?