क्यान्सर पिडित सुनारलाई जापान र अमेरिकामा रहेका गलकोटेले गरे आर्थिक सहयोग

-


     जनहित न्युज    
     जेठ १३ गते २०७९


गलकोट नगरपालिका वडा नं २ नरेठाँटी जस्पुरका क्यान्सर पिडित डिल कुमारी सुनारको उपचारको लागि संकलित ६ लाख ८६ हजार ७ सय ७६ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ । 
गलकोटबाट बैदेशिक रोजगारिको शिलशिलामा जापान तथा अमेरिकामा रहेका सहयोगी मनहरूद्वारा सुनारको उपचारका लागि संकलित सो रकम सुनारलाई हस्तान्तरण गरिएको गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी दिए ।
नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बिरामी सुनारलाई रकम हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर रहेकी सुनार घातक रोग क्यानसरसँग संघर्ष गर्नुपर्दा आत्मबल कम हुदै गएकोमा वैदेशिक रोजगारमा रहेकाहरूले उपचारका लागि रकम संकलन गरि दिएपछि अब पूर्ण आत्मबलका साथ रोगको उपचारभै निको हुने विश्वास व्यक्त गरे ।
सुनार विगत लामो समयदेखि क्यान्सर पिडित भई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारत रहेको र सुनारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समेत समस्या भएको भन्दै जापानमा रमेश कुुमार खत्री, मिलन खत्री, रेशम सुनार, र विर सुनारको पहलमा संकलित ४ लाख ८६ हजार ७ सय ७६ र अमेरिकामा छविराज सुनारको पहलमा संकलित २ लाख गरि ६ लाख ८६ हजार ७ सय ७६ रुपैया सुनारको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सुनारको परिवार दैनिक ज्याला मजदुरी गर्दै आएको र एक्कासी क्यान्सर रोग लागेपछि उपचार गर्न धेरै खर्च लाग्ने भएको र उपचार गर्न समेत समस्या भएपछि परिवारले सहयोगको लागि आवहन गरेको थियो । 
सुनारको १ छोरा र ३ छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?