
जापानको किताक्युसुको कोकुराकिता-कु मा रहेको चिठ्ठा काउन्टर नजिकैबाट लुट्ने प्रयास गरेको आरोपमा एक नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।
आरकेबी न्यूजले प्रकाशित र प्रशारित गरेको समाचारका अनुसार पक्राउ पारेका २४ वर्षीय प्रकाश अधिकारी रहेको प्रहरीले बताएको छ । आरोपित अधिकारीले भने आफूले अँगालो हाल्ने प्रयास गरेको तर खाममा रहेको चिठ्ठा लुटपाटको कुनै प्रयास नगरेको भन्दै आरोप अस्वीकार गरेको छन ।
समाचारमा जनाईए अनुसार बिहिबार बिहान १० बजेतिर किताक्युसुको कोकुराकिता–कु फुरुसेनबामाची सडक नजिकै रहेको लोटरी किन्ने पसलमा ५८ वर्षीय एक व्यक्तिको ३० वटा चिठ्ठाको टिकट राखेको खाम तान्न खोजेका पाइएपछि अधिकारीलाई प्रकाऊ गरिएको जानकारी दिदै प्रहरीले भन्यो- “एकजना मानिसले यो पसलमा लटरी टिकट किनेका थिए। त्यो व्यक्तिले किनको यो लटरीको टिकट चोर्न खोजेकोले पक्राउ गरिएको हो।”
पक्राउ पछि सोधपुछमा क्रममा अधिकारीले अङ्कमाल गर्ने प्रयास मात्र गरेको अन्यथा केहि नगरेको बताउदै आरोप अस्वीकार गरेका छन।
जापानी समाचार माध्यम आरकेबी न्यूजमा प्रशासित समाचार सामग्री



