तस्विर समाचार

चाड पर्व अब अर्को वर्ष मात्र !! तर स्वास्थमा त विचार गर्नु पर्‍यो नि !

हाम्रो समाजमा पहिले धेरै मोटा मान्छे कमै हुन्थे । त्यसैले मोटोपनलाई सम्पन्नता र पुगिसरीको चिह्न मानिन्थ्यो । हिजोआज उमेर पुगेका मात्र होइन, स–साना केटाकेटी समेत धेरै मोटा देखिन्छन् । स्वास्थ्य सम्बन्धी बढ्दो चेतना र ज्ञानका कारण मोटोपनलाई अहिले पुगिसरीको चिह्न नभएर खराब स्वास्थ्यको संकेत मानिन्छ । मान्छे हृष्टपुष्ट हुनु र मोटो हुनुमा के फरक छ र कतिसम्म मोटोघाटो हुँदा हुन्छ भन्ने बारेमा धेरै अनुसन्धान भएका छन् । कति उँचाइ भएको वयस्क मान्छे कतिसम्म मोटो हुँदा हुन्छ भन्ने कुरा उसको सेन्टीमिटरमा… पुरा पढौ

जापानमा १८ वर्ष भन्दा कम उमेर समूहकालाई ५० हजार आर्थिक प्रोत्साहन दिन सत्तारूढ़ दलहरू सहमति नजिक

जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धन साझेदार कोमेइतोले कोभिड-१९ महामारीको कारण घरपरिवारमा आर्थिक बोझ कम गर्न सरकारले प्रोत्साहन प्याकेजको रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई पहिलो किस्ता चाँडै नै ५० हज़ार नगद प्रदान हस्तान्तरण प्रस्ताव गर्न सहमत भएको सत्तारूढ दलका अधिकारीहरूले बताएका छन । गठबन्धन पार्टीका कार्यकारीहरूको बैठकमा आगामी वसन्त सम्ममा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई ५० हज़ार बराबर मूल्यको भौचर दिने कुरामा पनि सहमत भएको मंगलबार अधिकारीहरूले बताएका छन । तर प्रोत्साहन लाभ प्राप्त… पुरा पढौ

जापानमा कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव

जापान सरकारको आर्थिक नीति प्यानलले सोमबार कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई पुरानो आकारमा फर्काउनको लागि कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव समावेश गरेको छ। आफ्ना कर्मचारीहरूको तलब बढाउन सहमत हुने व्यवसायहरूलाई तलब वृद्धिको सुविधाको लागि प्यानलले केही सब्सिडी कार्यक्रमहरु आकस्मिक प्रदान गर्नका लागि प्रस्ताव गरिएको छ । डिसेम्बरको अन्त्यसम्ममा तयार हुने वित्तीय बजेट २०२२ को प्रारम्भिक बजेटमा पनि प्रोत्साहन प्याकेजको अंश समेटिने स्रोतहरूले बताएका छन । प्रधानमन्त्री फुमियो किशिदाको "नयाँ पुँजीवाद" को दृष्टिकोणलाई साकार पार्न "अत्यावश्यक प्रस्तावहरू" को एक… पुरा पढौ

उभिएर पानी पिउने बानी छ ? यस्तो हुन सक्छ !

प्राय धेरै जसो मानिसहरु बाटोमा हिडेको समयमा उभिएरनै पानी पिउने गर्दछन् । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण कामका कारण मानिसहरु उभिएर नै पानी पिउने गर्दछन् ।उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो९सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।  उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो… पुरा पढौ

अमेरिकाले ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटायो

अमेरिकामा ३० भन्दा बढी देशका लागि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड-१९ महामारीको धेरैजसो समयमा लगाइएको अमेरिकी यात्रा प्रतिबन्ध ३० भन्दा बढी देशमा बसोबास गर्नेहरूका लागि सोमबार हटाइएको छ। यात्रा प्रतिबन्ध गरिएका देशहरु ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, र धेरै युरोपका देशहरु समावेश छन्।यात्रुहरूले खोप लगाएको हुनु पर्ने उनीहरुको जाँचमा संक्रमित नभएको देखिनु पर्ने भएको परीक्षण उपलब्ध गराउनु पर्ने छ । लगभग ५० वटा देशहरूमा बसोबास गर्नेहरूका लागि अपवाद बनाइनेछ जहाँ खोपहरू पुग्न र त्यहाँ लगाउन गाह्रो… पुरा पढौ

जापानमा सोमबारदेखि क्वारेन्वटीन अवधि तीन दिनमा सिमित गरिने

विश्वव्यापी रूपमा कोरोना संक्रमणको दर घट्दै गएको, व्यापारिक समुदायको अनुरोध र जापानमा पनि न्यून मात्रामा संक्रमणको दर रहेकोले कोभिड-१९ विरूद्दको खोप लगाएकाहरूलाई सोमबारदेखि लागु हुने गरि क्वारेन्टाइन अवधि घटाई तीन दिनसम्म कायम गर्ने भएको छ। सहज क्वारेन्टाइन नियमहरू अन्तर्गत जापानले आधिकारिक रूपमा स्विकार गरिएको र प्रभावकारी मानिएको कोभिड-१९ विरुद्धको खोप लगाएका छोटो अवधिका व्यावसायी आगन्तुकहरूलाई लागू हुने गरि क्वारेन्टाइन अवधि घटाईन लागेको सरकारी अधिकारीहरूले बताएका छन । हाल त्यस्ता आगन्तुकहरूले जापान प्रवेश गर्दा १०दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम रहेको छ भने… पुरा पढौ

जापानमा १८ वर्ष मुनिका बालबालिका १ लाख दिने तयारी,माइ नम्बर कार्डलाई प्रभावकारी कार्यान्वयनको लागि आर्थिक सहुलियत दिदै

जापानको सरकार र सत्तारुढ दलहरूले कोरोनाभाइरस महामारीकोलाई कम गर्ने प्रयास स्वरूप १८ वर्ष वा सोभन्दा कम उमेरका प्रत्येक बालबालिकाका लागि १ एक लाख येन ($ ८८०) सहुलियत रकम उपलब्ध गराउने तयारी गरिरहेको सरकारी स्रोतहरूले बताएका छन । अन्य कुरा यथावत रहेमा प्रधानमन्त्री फुमियो किशिदाले नोभेम्बरको मध्यमा निर्माण गर्न लागेको "दसौं ट्रिलियन येन" योजनामा नगद हस्तान्तरण कार्यक्रमलाई नयाँ आर्थिक प्रोत्साहनमा समावेश गरिने अधिकारीहरूले शुक्रवार जनाएका छन । तर केहिले भने सो रकमलाई नगदमा दिदा सतर्कता अपनाइ आयस्तरलाई ध्यानमा राखेर हस्तान्तरण गरिनुपर्ने… पुरा पढौ

पोर्चुगलको कृषि क्षेत्रमा नेपालीसहित एसियाली श्रमिकहरुको ब्यापक शोषण

पोर्चुगलको कृषि क्षेत्रमा काम गर्ने आप्रवाशीहरु मध्ये नेपाली लगायत दक्षिणपूर्वी एशियाका नागरिकमाथि ब्यापक शोषण हुने गरेको छ । फ्रान्स २४ मेडिया र केहि मानवअधिकारवादी, मजदूरको हकहितकालागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले त्यसरि शोषण हुनेगरेको रिपोर्ट सार्वजनिक गरेका छन् । फ्रंस २४ मा साराह मोरिस, लोरा कामबो र आर्मेल सारियरले गरेको रिपोर्ट अनुसार सन् २०१८ देखि पोर्चुगलमा माफियाहरुको सन्जालहरुद्वारा सन्चालित शंयन्त्रका कारण पोर्चुगलमा सस्तो श्रम उपलब्ध भएकाले खेतीमा ब्यापक वृद्धि भैरहेको छ । आप्रवासी परोपकारी संस्थाहरूको अनुमान अनुसार करिब ३० हजार भारतीय,… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

लन्डन । सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, "आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’… पुरा पढौ

आज भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ