चाड पर्व अब अर्को वर्ष मात्र !! तर स्वास्थमा त विचार गर्नु पर्‍यो नि !

-


     डा. अरुणा उप्रेती    
     कार्तिक २५ गते २०७८


हाम्रो समाजमा पहिले धेरै मोटा मान्छे कमै हुन्थे । त्यसैले मोटोपनलाई सम्पन्नता र पुगिसरीको चिह्न मानिन्थ्यो । हिजोआज उमेर पुगेका मात्र होइन, स–साना केटाकेटी समेत धेरै मोटा देखिन्छन् । स्वास्थ्य सम्बन्धी बढ्दो चेतना र ज्ञानका कारण मोटोपनलाई अहिले पुगिसरीको चिह्न नभएर खराब स्वास्थ्यको संकेत मानिन्छ ।

मान्छे हृष्टपुष्ट हुनु र मोटो हुनुमा के फरक छ र कतिसम्म मोटोघाटो हुँदा हुन्छ भन्ने बारेमा धेरै अनुसन्धान भएका छन् । कति उँचाइ भएको वयस्क मान्छे कतिसम्म मोटो हुँदा हुन्छ भन्ने कुरा उसको सेन्टीमिटरमा लिइएको उचाइबाट १०० घटाएर सजिलै निकाल्न सकिन्छ ।
मानौं ३५ वर्षका राजुको उचाइ १६५ सेमी छ भने, त्यसबाट १०० घटाउँदा ६५ हुन्छ । सामान्यतया राजुको तौल ६५ किलो वा त्यसको वरिपरि भए सामान्य नै मानिन्छ । यदि राजुको तौल ५५ किलो छ भने त्यो कम मानिन्छ । यदि राजुको तौल ७५ किलो भयो भने उनको तौल बढी भनिन्छ ।

मान्छे मोटाउने विभिन्न कारणमध्ये पत्रु खाना (अंग्रेजीमा ‘जंक फूड’) को प्रयोग एउटा हो ।

पत्रु खानाले मान्छे कसरी मोटाउँछ ?
पत्रु खानामा थाहा नपाउने तरिकाले धेरै चिल्लो र गुलियो हालिएको हुन्छ । उदाहरणको लागि चिसो पेय पदार्थमा धेरै चिनी हुन्छ । ३०० मिलिलिटर चिसो पेय पदार्थमा दश चम्चा बराबर चिनी हुन्छ । सामान्यतया एउटा वयस्कले ३–४ चम्चासम्म मात्र चिनी प्रयोग गर्नु ठीक हुन्छ । किशोरकिशोरी र बालबालिकालाई त झन २–३ चम्चा मात्रै ठीक हुन्छ । तर यो तथ्य थाहा नपाउने मानिसले ‘मैले त एक गिलास चिसो मात्र पिएको छु’ भन्ने ठान्छ । एकातिर चिनीको कारणले उसको शरीर मोटो हुन्छ भने अर्कोतिर उसको शरीरमा विभिन्न सूक्ष्म पोषणतत्वको पनि अभाव हुन जान्छ ।

‘जंक फूड’ खाना र चिसो पेय पदार्थ खाने व्यक्तिले अन्य खानेकुरा पनि खान्छ र उसको शरीरमा चाहिनेभन्दा बढी क्यालोरी भएर मोटो हुन्छ । धेरैले बट्टाको फलफूलको रस (जूस) राम्रो हुन्छ भन्ने ठानेर खान्छन् । तर सामान्यतया बजारमा पाइने जूसमा ८० प्रतिशतसम्म चिनी हुन्छ । जूसमा फलफूल जस्तो रेसादार पदार्थ र अन्य सूक्ष्म पोषणतत्व नहुने र चिनीको कारणले पनि मोटोपन बढ्छ । तर पत्रु खानाले मान्छे मोटाउने मात्र होइन, दुब्लाउँछ पनि ।

पत्रु खानामा थाहा नपाउने तरिकाले धेरै चिल्लो र गुलियो हालिएको हुन्छ । उदाहरणको लागि चिसो पेय पदार्थमा धेरै चिनी हुन्छ । ३०० मिलिलिटर चिसो पेय पदार्थमा दश चम्चा बराबर चिनी हुन्छ । सामान्यतया एउटा वयस्कले ३–४ चम्चासम्म मात्र चिनी प्रयोग गर्नु ठीक हुन्छ । किशोरकिशोरी र बालबालिकालाई त झन २–३ चम्चा मात्रै ठीक हुन्छ ।

पत्रु खानाले मान्छे कसरी दुब्लाउँछ ?
रेस्टुराँ या पसलमा आकर्षक ढंगबाट बिक्री गरिने तयारी खानाहरूमा प्रोटिन, क्याल्सियम, खनिज पदार्थ हँुदैनन् । बालबालिकालाई दाल, भात, रोटी, तरकारी जस्ता प्राकृतिक र ताजा खानेकुराको सट्टामा त्यस्ता पत्रु खाना दिएमा उनीहरूको पेट चाहिं भरिन्छ तर शरीरमा चाहिने पौष्टिक तत्व भने पुग्दैन । बढ्दो उमेरका साना बालबालिकालाई वयस्कलाई भन्दा बढी प्रोटिन र लौह तत्वको जरूरत पर्छ । तर पत्रु खानाले यो परिपूर्ति गर्दैन । फलतः कुपोषण हुन्छ । अझ् बालबालिका बिरामी परेका बेला समेत ‘यति भए पनि खाओस्’ भनेर चाउचाउको सुप बनाएर खान दिने चलन चलिसकेको पाइन्छ । तर त्यसबाट बालबालिका झन झन कुपोषणको शिकार बन्छन् ।

मोटाउनु र दुब्लाउनु मात्र स्वास्थ्य समस्या होइनन् । पत्रु खानाले पोषण सम्बन्धी नदेखिने समस्या पनि ल्याउँछन् । केही समयअघि सिन्धुपाल्चोक जिल्लाका केही सामुदायिक विद्यालयमा विद्यार्थीको खाजाको बारेमा छलफल गर्ने क्रममा अधिकांश विद्यार्थी र शिक्षकहरूले बजारबाट किनेर तयारी खाजाका रूपमा ‘पत्रु खाना’ खाने गरेको पाइयो । त्यहाँ पत्रुखानाका खराबीका बारेमा बताएपछि भने सबै छक्क परे । शिक्षकहरूलाई पत्रु खानामा पोषण हँुदैन भन्ने त थाहा रहेछ, तर त्यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने पर्याप्त जानकारी रहेनछ ।

मैले त्यहाँ चाउचाउ, कुरमुरे र बिस्कुट धेरै खुवाएका कारण कुपोषण भएर झन्डै मृत्युको मुखमा पुगेकी सुदूरपश्चिमकी एउटी तीनवर्षे बालिकाको घटना सुनाएँ उनकी आमाले अस्पताल पु¥याउँदा उनको अवस्था देखेर सबै स्वास्थ्यकर्मीहरू डराएका थिए ।

बढ्दो उमेरका साना बालबालिकालाई वयस्कलाई भन्दा बढी प्रोटिन र लौह तत्वको जरूरत पर्छ । तर पत्रु खानाले यो परिपूर्ति गर्दैन । फलतः कुपोषण हुन्छ । अझ् बालबालिका बिरामी परेका बेला समेत ‘यति भए पनि खाओस्’ भनेर चाउचाउको सुप बनाएर खान दिने चलन चलिसकेको पाइन्छ । तर त्यसबाट बालबालिका झन झन कुपोषणको शिकार बन्छन् ।

उनलाई नेपालगञ्जको पोषण सुधार केन्द्रमा पठाएर ३० दिनसम्म भान्सामा बनाएको स्वस्थकर खाना ख्वाएपछिको फोटो देखाइसकेपछि सबै चकित भए । त्यो देखेर शिक्षकहरूले त प्याकेटको खानाले यतिसम्म खराब हुन्छ भन्ने बुझ्ेको भए आफ्ना छोराछोरीलाई खानै दिने थिएनौं सम्म भने ।

बनाउनेले नै खाँदैनन्
एउटा चाउचाउ कारखानामा काम गर्नेले मलाई भनेका थिए, “म त्यहीं काम गर्छु तर आफ्नै आँखा अगाडि बनेको चाउचाउ कहिल्यै खान्नँ, छोराछोरीलाई पनि खान दिन्नँ । चाउचाउ कम्पनीका मालिकहरू पनि छोराछोरीलाई चाउचाउ खुवाउँदैनन् । किनभने ती पोषिला त छैनन् नै, तिनमा अनेक किसिमका रासायनिक पदार्थ हालिएका हुन्छन् । त्यसमा प्रयोग गरिने दिनभर तताइएको तेलले क्यान्सर समेत गराउन सक्छ भनिन्छ ।”

नराम्रो खानालाई भ्रामक र झ्ूटो विज्ञापनद्वारा बढावा गरिएका कारण नै पत्रु खाना राम्रो हो भन्ने भ्रम आम नेपालीमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?