तस्विर समाचार

गर्भनिरोधक चक्कीको जथाभाबी सेवन बढ्दो, चिकित्सक भन्छन्- भविष्यमा आमा बन्ने चाहना नहुनसक्छ पूरा

नयाँ बानेश्वरस्थित आभास मेडिकल स्टोरमा एक युवतीले गर्भ निरोधक चक्की मागिन् । ती युवतीले गर्भ निरोधक चक्की मागेपछि मेडिकल सञ्चालक आभास पौडेलले ‘इ–कोन’ नामक पिल्स दिए । युवतीले एक सय रुपैयाँ सुभाषलाई दिएर आफ्नो बाटो लागिन् ।  पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको मेडिकल सञ्चालक आभास बताउँछन् । ‘पहिले फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, हिजोआज दैनिक १०–१५’ जनासम्मले आकस्मिक गर्भ निरोधक चक्की खरिद गर्छन् । महिला पुरुष दुवै खरिद गर्न आउने भए पनि प्रायः पुरुष मानिसले नै बढी खरिद… पुरा पढौ

जापानमा असुरक्षित बन्दै वृद्धवृद्धाहरू

संसारमै निकै कम अपराध हुने देशमा पर्छ, जापान । तर, पछिल्लो समयमा जापानमा अपराधका घटनामा तीव्रता आएको छ । यति मात्रै होइन, जापान वृद्धवृद्धाका लागि निकै खतरनाक बन्दै गएको तथ्य बाहिर आएको छ । निरन्तर घट्दो जनसंख्याको दबाबमा रहेको जापानमा वृद्ध जनसंख्या अर्को बोझ बनेको छ । यतिसम्म कि जापानमा आफ्नै छोराछोरी पनि वृद्धावस्थामा पुगेका आमाबाबुका लागि खर्च गर्न चाहँदैनन् । यसै कारण पछिल्लो एक दशकदेखि हरेक आठौँ दिन एक वृद्धको हत्या हुने गरेको तथ्य बाहिर आएको छ । जापानको… पुरा पढौ

चन्द्रमाको कक्षमा प्रवेश गर्‍यो जापानको चन्द्रमा ल्यान्डर

टोकियो–जापानको एसएलआईएम अन्तरिक्ष यान सोमवार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो ।  चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट)भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम)लाई ‘मुन स्निपर’ नाम दिइएको छ ।   सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।  ‘सोमवार एसएलआईएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जीएमटी) मा… पुरा पढौ

खड्का दम्पतीलाई जापान पनि यहीँ, अमेरिका यहीँ

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन्। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन्। बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन्। अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दा कम छैन्। खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन्। सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए। ‘बगैँचा नजिकै एउटा सानो बस्न… पुरा पढौ

घरदेशका परिवार पाल्न परदेशमा भारी बोक्दै नेपाली 

बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा  भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन्। 'नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ', नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआएका बोहराले भने। उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे।      पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन्। उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली… पुरा पढौ

ढलान गर्न तयारी गरेको पुल भत्कियो

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए ।… पुरा पढौ

६ करोडको अदुवा गाउँबाटै बिक्री, दंग छन् त्रिवेणीका किसान

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिकाभित्र अदुवाखेती गर्ने २ हजार ६ सय घरधुरी रहेका र ५ हजार २ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ । एक रोपनी जग्गामा ३ सय… पुरा पढौ

राष्ट्रपति पौडेल र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।  भेटको अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा… पुरा पढौ

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ । महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै… पुरा पढौ

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको संख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन्। उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए। ‘विदेशमा गरेको दुख र अनुभव आफ्नै ठाउँमा… पुरा पढौ