तस्विर समाचार

जापानमा रहेका विदेशी श्रमिकको समस्या सुन्न हट लाइनको व्यवस्था, केहि समस्या पर्यो नेपाली भाषामै कुरा गर्न ०१२०-५३१-४०८ कल गर्नुहोस

जापानमा रहेका विदेशी श्रमिकहरूलाई भाषा लगायतका सहयोग प्रदान गर्नका लागि लेबर एन्ड सोसल सेक्युरिटी एटोर्नी कार्यालयले हट लाइनको व्यवस्था गरेको छ। कार्यालयले जापानमा रहेका विदेशी श्रमिकहरूलाई जापानी भाषाका लागि सहयोगका पुर्याउन लेवर स्ट्यान्डर्ड एडवाइस हट लाइनमा श्रम समस्या सम्बन्धि निःशुल्क परामर्शका टेलिफोन उपलब्ध हुने गराईएको निर्दिष्ट सामाजिक बिमा र श्रम परामर्शदाता काजुओ मियाओकाले एनआरएनए जापानसंगको भेटघाटका क्रममा बताएका हुन । एनआरएनए जापानका अध्यक्ष नविन निउरे, कोबायासी तेचुओसहितको मंगलबार भएको भेटघाटका क्रममा विदेशी नागरिकहरूलाई विशेषतः (नेपाली) लक्षित गरि एनआरएनएसंगको सहकार्यमा सहयोग… पुरा पढौ

ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स उपलब्ध गराउने

नेपालको प्रमुख डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स समेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिंदा भुक्तानी सफल भए नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउण्ड बक्स समेत उपलब्ध गराउने भएको हो ।  कम्पनीका अनुसार साउण्ड बक्सका लागि नेपालकै अर्को प्रविधि कम्पनी यार्सा टेकसँग सहकार्य गरिएको छ । यार्साले बनाएका साउण्ड बक्सको अग्र भागमा क्यूआर कोड राखिनेछ ।  https://x.com/subashsharma/status/1706233374929502553?s=46&t=lz7FRpnh6-u1FDF2L-TaNQ फोनपे तथा ईसेवा समेतको माउ कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)… पुरा पढौ

टोकियोको गिन्जाको रोलेक्स स्टोरमा ३०८.६ मिलियन येन डकैती गर्ने किशोरलाई जेल सजाय

जापानको एक अदालतले टोकियोको पोश गिन्जा सपिङ डिस्ट्रिक्टमा रहेको रोलेक्स स्पेशलिटी स्टोर लुटपाटमा संलग्न भएको आरोपमा सोमबार एक १८ वर्षीय युवकलाई चार वर्ष छ महिनाको जेल सजाय सुनाएको छ ।अनुहार छोपिने गरि केहि लगाएका शोमा तोरी र अन्य चार जनाले में ८ तारिख साँझ 6:20 बजे पसलमा तोडफोड गरि लगभग ३०८.६ मिलियन येन ($ 2.1 मिलियन) बराबरको ७४ प्रकारका वस्तुहरू चोरी अभियोजन पक्षले प्रतिवादीलाई सात वर्ष कैदको माग गरेमा अदालतले साढे चार वर्षको जेल सजाए सुनाएको हो ।फैसला सुनाउँदै टोकियो… पुरा पढौ

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर,डिजिटल अर्थतन्त्रमा सहकार्य गरिने

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डलले आज (सोमबार) उक्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ। विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।   जसअनुसार नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा… पुरा पढौ

सहमति, सहकार्य र एकता, गैर आवासीय नेपालीहरूका बीच आजको आवश्यकताका लागि मेरो उम्मेदवारी हो ।- रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द) एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार

"नेपालीका लागि नेपाली" भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यहि १७-१९ अक्टोबर २०२३ का दिन सम्पन्न हुन गैरहेको आशन्न ११ औ महाधिबेशनमा हुने निर्वाचन २०२३-२०२५ कार्यकालको लागि अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिएका वर्तमान कार्यकालका पनि उपाध्यक्ष रहेका रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द)संग सम्पादक खगराज गौतमले गरेको कुराकानीको सम्पादित अंश । एनआरएनएको अभियानमा तपाईको संलग्नता के कसरी रह्यो रहयो र अघि बढिरहेको छ ?धन्यवाद यस महत्वपूर्ण कार्यक्रममा मलाई मेरा विचार र एनआरएनएको बारेमा धारणा… पुरा पढौ

घोषणा सभा अघि एनआरएनए आइसीसीमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले पब्लिकसंग मागे सल्लाह र सुझाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन । विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘वैदेशिक रोजगार कर्जा’ उपलब्ध गराउने तयारीमा सरकार

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पका रूपमा लिएको छ । न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन हुने कारण सहकारी तथा व्यक्तिबाट नै चर्को ब्याज लिन बाध्य छन् । जसको कारण अधिकांश वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजीको फन्दामा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो कर्जाको तयारी गरेको हो ।  न्यून तथा मध्यमवर्गीय युवाहरूको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक… पुरा पढौ

सरकार र शिक्षकबीच सात बुँदे सहमति, नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको आन्दोलनका सबै कार्यक्रम फिर्ता

आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।… पुरा पढौ

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक छ।-चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।  हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।  जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज… पुरा पढौ

एनआरएनए आइसीसी उपाध्यक्षका उम्मेदवार रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ले जारी गरे नेपालमा लगानी वृद्धिसहित ११ बुंदे कार्ययोजना

नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ ले उम्मेदवारी दिएका छन ।वर्तमान आइसीसीमा समेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताएका हुन ।प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार… पुरा पढौ