तस्विर समाचार

जापानमा शिक्षकहरूको अभाव गम्भीर बन्दै

जापानमा विद्यालय शिक्षकहरूको अभाव झन् गम्भीर बन्दै गएको छ।जापानी सार्वजनिक प्रसारक संस्था एनएचकेले देशभरका स्थानीय सरकारहरूको शिक्षा बोर्डहरूमा गरेको सर्वेक्षण अनुसार प्राथमिक, जुनियर हाई स्कूल र सिनियर हाई स्कूलका साथै विशेष आवश्यकता भएका विद्यालयहरूमा शिक्षक अभावको रहेको तथ्य सार्वजनिक भएको हो ।सेप्टेम्बरमा ४३ स्थानीय सरकारहरूले शिक्षक अभावको पछिल्लो संख्याहरू उल्लेख गरेका थिए जुन कुरा NHK ले मे महिनाको संकलन गरेको तथ्याङ्कसँग तुलना गर्दा मेल खाएको जनाएको छ। सेप्टेम्बरसम्ममा ४३ स्थानीय सरकार अन्तर्गतका विद्यालयमा २ हजार ३ सय ९७ शिक्षक अभाव… पुरा पढौ

पृथ्वी राजमार्ग, सिस्नेरी सडक खण्ड, मध्य पहाडी लोक मार्गलगायत पूर्ण रूपमा अवरुद्ध, कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छन् । पृथ्वी राजमार्ग, सिस्नेरी सडक खण्ड, मध्य पहाडी लोक मार्गलगायत पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पुरा पढौ

ब्लू ब्वाइज युनियनले गर्‍यो जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ

नेपाली युवाहरूको समूह 'ब्लू ब्वाइज युनियन'ले जापानको ओसाकामा रहेको मन्दिरको सरसफाइ गरेको छ । जापानको दोस्रो ठूलो शहर ओसाकास्थित चिरुमी रेउकुची पार्कमा रहेको पशुपतिनाथको मन्दिरमा सरसफाइ गरिएको हो । विगत लामो समयदेखि रेखदेखको अभावमा उक्त मन्दिर परिसरमा जम्मा भएको फोहोरको व्यवस्थापन गरिएको ब्लू ब्वाइज युनियनले जनाएको छ । उक्त समूहले यसअघि हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्य नजर गर्दै मन्दिरको आंशिक सरसफाइ गरेको थियो । अहिले आउँदै गरेको नेपालीहरूको महान चाड बडादशैंको अवसरमा मन्दिरको पूर्ण सरसफाइ गरिएको हो । सरसफाइका क्रममा जम्मा भएको एक ट्रकभन्दा बढी फोहोर ओसाका नगरपालिकाको वडा कार्यालयमार्फत व्यवस्थापन गरिएको ​छ ।​ लुम्बिनी शान्ति… पुरा पढौ

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।   झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस… पुरा पढौ

साहित्यकार राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

लेखिका राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ। कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा श्यामलले ‘सम्मोहन’लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए। ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भने, ‘पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ।’ समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन्। उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको… पुरा पढौ

बाढी- पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । नेपालीलाई शुक्रबार नेपाल प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाली दिल्ली रहेको सूचना भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको हो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन… पुरा पढौ

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ । यसको गीत तलाई… पुरा पढौ

एनआरएनए जापानको ११ औं साधारण सभा विधान संशोधन गर्दै सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि… पुरा पढौ

संविधान दिवस विशेष अन्तर्वार्ता संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ?–आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान… पुरा पढौ